अफगानिस्तान टिमको नेतृत्वमा आमुल परिवर्तन, अस्घर स्टानिक्जाइ बर्खास्त

  • विकेटनेपाल, चैत्र २३ – शनिबार

अफगानिस्तान क्रिकेट बोर्डले नियमित कप्तान अस्घर स्टानिक्जाइलाई बर्खास्त गरेसँगै टिमको नेतृत्वमा आमुल परिवर्तन भएको छ।

यहि बर्षको जुलाई ३० तारिखदेखि इंग्ल्याण्डमा हुने एकदिवसीय विश्वकप क्रिकेटको तयारिको लागि अफगानिस्तानको टिम शुक्रबार दक्षिण अफ्रिका प्रस्थान गरेको छ। उक्त भ्रमणको लागि २३ सदस्यीय टिम घोषणा कार्यक्रममा टिमको नेतृत्व परिवर्तन बारे समेत बताइएको थियो।

स्टानिक्जाइलाई बर्खास्त गरेसँगै फरक फर्म्याट को लागि फरक कप्तान नियुक्त गरेको छ। विश्वकप अगाडी एकदिवसीय टिमको नेतृत्व गुल्बदीन नइबले पाएका छन्। त्यस्तै टि२० क्रिकेटको जिम्मेवारी युवा खेलाडी राशिद खान र टेस्ट क्रिकेटको जिम्मेवारी रहमत शाहले पाएका छन्।

Gulbadin Naib

यस्तै राशिद खान, शफिकउल्लाह शफिक र हजमतुल्लाह शाहिदीले क्रमश: एकदिवसीय, टि२० र टेस्ट क्रिकेटमा उपकप्तानको जिम्मेवारी पाएका छन्।

कप्तानीको जिम्मेवारी पाएका खेलाडीमध्ये यसअघि राशिद खानले मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानीको भूमिका निर्वाह गरेका छन्। अन्य दुई कप्तानहरु सँग घरेलु क्रिकेटमा कप्तानी गरेको अनुभव रहेको छ।

Rahmat Shah

स्टानिक्जाइले सन् २०१५ को अप्रिलमा कप्तानीको जिम्मेवारी पाएका थिए। त्यसअघि कप्तान रहेका अलराउन्डर मोहम्मद नाबीले कप्तानीको भारले आफ्नो प्रदर्शनमा असर परेको भन्दै कप्तानी छोडेका थिए। स्टानिक्जाइको कप्तानीमा अफगानिस्तानले ३१ एकदिवसीय खेलमा जित निकालेको छ भने ३७ टि २० खेलमा समेत जितको स्वाद चाखेको छ। साथै ऐतिहासिक पहिलो टेस्ट जितमा पनि उनिनै कप्तान थिए।

उनि सन् २००९ देखि नियमित रुपमा टिममा रहँदै आएका छन्। अफगानिस्तानले जुन १ मा अष्ट्रेलियाको सामना गर्दै विश्वकपको सुरुवात गर्नेछ।

विश्वकपको लागि अफगानिस्तानको २३ सदस्यीय टिम यस्तो छ:

मोहम्मद शेहजाद, नुर अलि ज़द्रान, हज्रतुल्लाह जजाई, उस्मान घानी, अस्घर अफगान, हाश्मतुल्लाह जजाई, रहमत शाह, मोहम्मद नाबी, नजिब जद्रान, गुल्बदीन नइब (कप्तान), राशिद खान (उप-कप्तान), डर्विस रसुली, मुजीब उर्-रहमान, शफिकउल्लाह शफिक, दवलत जद्रान, अफताब आलम, शापूर जद्रान, हमिद हसन, क्रिम जन्नत, कोएसिस अहमद, शराफुद्दीन अशरफ, शायद सिर्जाद र शमिउल्लाह सिनवारी

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy