दोश्रो टेस्टमा पाकिस्तानलाई १०९ रनले पराजित गर्दै भ्रमण टोलि पाकिस्तानले दुई टेस्टको सिरिज बराबरीमा टुंग्याउन सफल भएको छ। सिरिज अन्तर्गत पहिलो टेस्ट वेस्टइन्डिजले १ विकेटले जितेको थियो।
सन् २००० पछि पाकिस्तानले वेस्टइन्डिजसंग एक भन्दा बढी खेल भएको कुनै पनि फर्म्याटको सिरिज हारेको छैन। यो अवधिमा त्यस्तो २० वटा सिरिज दुई टिमले खेलेका छन्।
टेस्टको अन्तिम दिन पाकिस्तानले प्रस्तुत गरेको ३२८ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिज २१९ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। वेस्टइन्डिजको लागि जेसन होल्डरले सर्वाधिक ४७, क्रेग ब्राथवेटले ३९ तथा कायल मेयर्सले ३२ रन योगदान दिए। पहिलो इनिंग्समा ६ विकेट लिएका पाकिस्तानका फास्ट बलर शाहिन अफ्रिदीले दोश्रो इनिंग्समा ४ विकेट ( १७.२-५-४३-४ ) लिंदै जितमा अहम योगदान दिए। नौमन अलिले ३ तथा हसन अलिले २ विकेट लिए।
टेस्टको पहिलो इनिंग्समा पाकिस्तानले फवाद आलमको १२४ रन मद्दतले ३०२ रन बनाएको थियो। शाहिन अफ्रिदीले ६ विकेट लिंदा वेस्टइन्डिजले पहिलो इनिंग्समा १५० रन मात्र बनाएको थियो। पाकिस्तानले दोश्रो इनिंग्समा १७६ रनआम ६ विकेट गुमाएर इनिंग्स समाप्तिको घोषणा गरेको थियो।
टेस्टमा कुल १० विकेट लिएका शाहिन अफ्रिदी प्लेयर अफ द म्याच र सिरिज समेत चुनिन पुगे। शाहिनले १० विकेट लिन कुल ९४ रन खर्चिए जुन उनको व्यक्तिगत उत्कृस्ट स्पेल हो। पहिलो टेस्टमा पनि अफ्रिदीले ८ विकेट लिएका थिए। सन् २००६ पछि पाकिस्तानी बलरको यो उत्कृस्ट स्पेल हो। २००६ मा मोहम्मद आसिफले श्रीलंका बिरुद्ध क्यान्डीमा ७१ रन खर्चेर ११ विकेट लिएका थिए। त्यसपछि टेस्टमा १० विकेट लिने अफ्रिदी पछि मोहम्मद अब्बास र हसन अलि मात्र फास्ट बलर हुन्।
