एलपीएल : अफ्रिदीको आक्रामक अर्धशतक

श्रीलंकामा जारि लंका प्रिमियर लिग ( एलपीएल ) अन्तर्गत भेट्रान पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले विस्फोटक ब्याटिंग गरेका छन्।

लिगको दोश्रो खेलमा जाफ्ना स्टालिएन्स र गाले ग्ल्याडीएटर्स बीचको खेलमा गालेको लागि खेल्ने क्रममा अफ्रिदीले आफ्नो पुरानो रुप देखाएका हुन्।

खेलमा टस जितेर ब्याटिंग गरेको गालेले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो।

४० वर्षीय अफ्रिदीले एलपीएलमा डेब्यु गर्ने क्रममा मात्र २३ बलमा ५८ रन बनाए। यस क्रममा छैठौं नम्बरमा ब्याटिंग गर्न आएका दायाँ हाते ब्याट्सम्यानले ६ छक्का र ३ चौका प्रहार गरे।

इनिंगको १४ औं ओभरमा ब्याटिंग गर्न आएका अफ्रिदीले पहिलो ५ बलमा ४ रन बनाएका थिए जसपछि १६ औं ओभरमा बिनुरा फर्नान्डोको ओभरम ३ चौका प्रहार गर्दै गेर परिवर्तन गरे। त्यसपछि उनले १७ औं ओभरमा कायल एबोटको ओभरमा २ छक्का हिर्काए।

१८ औं ओभरमा अफ्रिदीले झनै आक्रामक ब्याटिंग गरे। डुएन ओलिभीयरले गरेको उक्त ओभरमा अफ्रिदीले ४ छक्का हिर्काए। ओभरको पहिलो ३ बलमा तथा चौथो बलमा छक्का प्रहार गरेका अफ्रिदी सोहि ओभरको अन्तिम बलमा क्याच आउट भए।

अफ्रिदीले मात्र २० बलमा अर्धशतक पुरा गरेका थिए।

गालेको लागि दनुस्का गुनथिलाकाले ३८, भानुका राजापाक्षेले २१, एजम खानले २० रन योगदान दिए।

लिग अन्तर्गत बिहिबार सम्पन्न उद्घाटन खेलमा कोलोम्बो किंग्सले क्यान्डी टस्कर्सलाई सुपर ओभरमा पराजित गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy