अफ्रिदीले विस्फोटक ब्याटिंग गर्दा ब्राम्पटनको जित, सन्दिप र सोमपालको टिम आज खेल्ने

ग्लोबल टि-२० क्यानडा अन्तर्गत आइतबार राति सम्पन्न २ वटा खेलमा ब्राम्पटन वुल्भ्स र विन्निपेग हक्स विजयी भएका छन्। दोश्रो जित सहित ४ अंक बटुल्दै वुल्भ्स अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ भने हक्स २ खेलमा १ जित र १ हार सहित २ अंक सहित दोश्रो स्थानमा उक्लेको छ।

अफ्रिदीको विस्फोटक ब्याटिंग 

शाहिद अफ्रिदीले उत्कृस्ट ब्याटिंग गरे पछि ब्राम्पटन वुल्भ्सले एडमोन्टन रोयल्सलाई २७ रनले पराजित गर्यो।

पहिले ब्याटिंग गरेको ब्राम्पटनले २० ओभरमा ५ विकेट गुमाएर २०७ रन बनाएको थियो। जवाफमा एडमोन्टनले २० ओभरमा ९ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्क्यो। एडमोन्टनको लागि जेम्स निशमले सर्वाधिक ३३ रन, रिची बेर्रींगटनले २८ रन, शदाब खानले २७ रन बनाए। सफ्यान सरिफ र कायल फिलिपले अविजित समान १८ रन बनाए पनि जितसम्म पुर्याउन सकेनन्। वुल्भ्सका बलर जहुर खान र इश सोढ़ीले ३/३ विकेट लिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा शाहिद अफ्रिदीले विस्फोटक ब्याटिंग गर्दै ४० बलमा १ चौका र ५ छक्का मदतले अविजित ८१ रन बनाएका थिए। यस्तै लेन्डल सिमोन्सले ३४ बलमा ५९ रन बनाए। उनले समान ५/५ चौका र छक्का प्रहार गरे।

विन्नीपेगको जितमा लिन र डुमिनि उत्कृस्ट 

पहिले ब्याटिंग गर्दै भानकुभर नाइट्सले दिएको २०९ रनको लक्ष्य विन्नीपेग हक्सले १५.२ ओभरमा ३ विकेट मात्रै गुमाएर पुरा गर्यो।

जेपी डुमिनिले अविजित ७७ तथा क्रिस लिनले ७४ रन बनाए। डुमिनिले ३८ बलमा ७ चौका र ५ छक्का तथा लिनले ३४ बलमा ४ चौका र ७ छक्का प्रहार गरे। १५ रनमा २ विकेट गुमाएको अवस्थामा लिन र डुमिनिले तेश्रो विकेटको लागि १४३ रनको साझेदारी गरेका थिए।

यस अघि भानकुभरको ब्याटिंगमा कप्तान क्रिस गेलले सर्वाधिक ४५ रन बनाउन २७ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै रस्सी भान डर डुसेनले ३९, चाडविक विल्टनले ३० तथा शोयब मालिकले अविजित २८ रन बनाएका थिए। हक्स बलर तथा कप्तान रायद इमरिटले ३ विकेट लिए।

सोमपाल र सन्दिपको खेल आज 

प्रतियोगिता अन्तर्गत आज राति सन्दिप लामिछाने संलग्न रहेको तथा युभराज सिंह कप्तानीको टिम टोरोन्टो नेसनल्सले सोमपाल कामि सम्लग्न टिम विन्नीपेग हक्सको सामना गर्दै छ। खेल नेपाली समय राति १०:१५ बजे सुरु हुनेछ। स्टारस्पोर्ट्सले खेलको प्रत्यक्ष प्रशारण गरिरहेको छ।

सोमपाल र सन्दिप टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेलेर हिजो राति क्यानडा प्रस्थान गरिसकेका छन् र आज बिहान क्यानडा पुग्दैछन्। सन्दिप पहिलो खेलनै खेल्ने सम्भावना रहे पनि सोमपाललाई खेलाउनेछ या छैन हेर्नु रोचक हुनेछ।

ड्राफ्टमार्फत सन्दिपलाई ६० हजार डलरमा तथा सोमपाललाई ३ हजार डलरमा टिमले लिएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy