सेप्टेम्बर २५ तारिख देखि सुरु हुने एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) खेल्न नेपाल आइपुगेका विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले नेपाल आउदा आफ्नो घर जस्तो महसुस भएको बताएका छन्। ईपीएलमा अफ्रिदी काठमाडौँ किंग्स-११ टिमबाट खेल्दैछन् जसको कप्तानी सन्दिप लामिछानेले गर्नेछन्।
“मलाई नेपाल आउने निम्तो दिनु भएकोमा लिग व्यवस्थापनलाई धन्यवाद। म निकै खुसि छु र पाकिस्तानमै आफ्नो घरमै छु जस्तो महसुस हुँदैछ। मैले नेपाल बारे धेरै सुनेको छु, यहाँको मानिसहरुको बारेमा सुनेको छु जसको आतिथ्य विशेष रहेको छ साथै देशको सुन्दरता बारे पनि। मलाई विश्वास गर्नुस् म निकै खुसि छु। आशा छ मेरो समय यहाँ राम्रो बित्नेछ।”
अफ्रिदीले नेपाल आउनुको पछाडी उद्देश्य नेपाली क्रिकेटलाई साथ दिनु रहेको बतए – “हामीले एक अर्कालाई साथ दिनु पर्छ जुन महत्वपूर्ण कुरा हो। म यहाँ नेपाल र नेपाली क्रिकेटलाई साथ दिन आएको हुँ। एउटा व्यवसायिक खेलाडी हुनुको नाताले एक अर्कालाई साथ दिनु पर्छ, अझ यो कठिन समयमा। त्यसैको लागि म यहाँ आएको हुँ र म नेपाली क्रिकेटलाई साथ दिन आएको हुँ।”
“मलाई नेपाली क्रिकेटको बारेमा धेरै थाहा छैन। तर मैले सुनेको छु यो चौथों सिजन हो ( ईपीएलको । र म लिगलाई शुभकामना दिन चाहन्छु र यो लिगको हिस्सा हुन पाउँदा खुसि छु।”
उनले ईपीएलमा दुई खेल मात्र खेलेर घर फर्कने बताए – “मेरो पाकिस्तानमा आफ्नो फाउन्डेसनको महत्वपूर्ण काम रहेकोले मात्र दुई खेल खेल्न पाउनेछु जस पछि फर्कनेछु।”
४१ वर्षीय लेग स्पिनर तथा आक्रामक ब्याट्सम्यान अफ्रिदीले ईपीएल बच्चा र नयाँ प्रतिभाहरुको लागि महत्वपूर्ण हुने बताए – “यो लिग यहाँको बच्चाहरुको र नयाँ प्रतिभाहरुको लागि लागि महत्वपूर्ण छ। र सरकारनै सामेल भएको खण्डमा क्रिकेट अझै विकास हुनेछ।”
उनले अर्को पटक परिवार लिएर नेपाल घुम्ने इच्छा पनि व्यक्त गरे – “म अर्को पटक मेरो परिवार लिएर आउन चाहन्छु ताकी म उनीहरुलाई नेपाल घुमाउन सकूँ।”
लिगमा काठमाडौँ किंग्स-११ ले उद्घाटन खेलमा सेप्टेम्बर २५ तारिखमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्ससंग प्रतिस्पर्धा गर्नेछ। यस्तै दोश्रो खेल सेप्टेम्बर २७ तारिखमा बिराटनगर वारियर्ससंग खेल्नेछ। खेलतालिका