यस्तो रह्यो टियु मैदानमा अफ्रिदीको उपस्थिति ( फोटो फिचर सहित )

विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीखेल खेल आफ्नै आँखा अगाडी टियु मैदान कीर्तिपुरमा हेर्ने नेपाली समर्थकहरुको चाहना शनिवार पुरा भएको छ। ४१ वर्षीय अफ्रिदी सन्दिप लामिछाने कप्तानीको टिम काठमाडौँ किंग्स-११ बाट दुई खेलमा सहभागी हुन पहिलो पटक नेपाल आइपुगेका हुन्।

समर्थकको चाहना अनुरुप पहिलो खेलमा लेग स्पिनर अफ्रिदीको प्रदर्शन भने रहन सकेन। ललितपुर पेट्रिएट्स बिरुद्ध ४ ओभर बलिंग गर्ने क्रममा अफ्रिदी विकेटविहिन रहँदै ३२ रन खर्चिए। खेलको छैठौं ओभरमा पहिलो ओभर बलिंग गर्ने क्रममा उनलाई पवन सर्राफले १ छक्का र १ चौका प्रहार गरे जुन ओभरमा उनले १३ रन खर्चिए। त्यसपछि दोश्रो ओभरमा मात्र ३ रन खर्चेका उनले १० रन खर्चिए। योगेन्द्र सिंह कार्कीले अफ्रिदीलाई एउटा छक्का प्रहार गरे। स्पेलको अन्तिम ओभरमा उनले ६ रन खर्चिए जुन ओभरमा पवनले एउटा छक्का प्रहार गरे। अफ्रिदी ब्याटिंग गर्न तम्तयार भएता पनि दोश्रो इनिंग्समा ब्याटिंग गर्न भने प्रवेश गर्न पाएनन्। चौथों विकेट खसेको खण्डमा अफ्रिदी ब्याटिंग गर्न जान तयार थिए जुन पुरा हुन पाएन। ‘बुम बुम’ अफ्रिदीको ब्याटबाट लामो छक्का हेर्ने दर्शकको चाहना अपुरो रह्यो। सोमबार बिराटनगर वारियर्स बिरुद्ध काठमाडौँको दोश्रो खेलमा अफ्रिदी अन्तिम पटक मैदानमा उत्रनेछन् जसपछि उनि पाकिस्तान फर्कनेछन्।

फोटोहरुमा हेर्नुस कस्तो रह्यो अफ्रिदीको टियु मैदानमा पहिलो दिन 





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]