यस्तो रह्यो टियु मैदानमा अफ्रिदीको उपस्थिति ( फोटो फिचर सहित )

२०७८ आश्विन ९, शनिबार २१:४४

विश्वचर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीखेल खेल आफ्नै आँखा अगाडी टियु मैदान कीर्तिपुरमा हेर्ने नेपाली समर्थकहरुको चाहना शनिवार पुरा भएको छ। ४१ वर्षीय अफ्रिदी सन्दिप लामिछाने कप्तानीको टिम काठमाडौँ किंग्स-११ बाट दुई खेलमा सहभागी हुन पहिलो पटक नेपाल आइपुगेका हुन्।

समर्थकको चाहना अनुरुप पहिलो खेलमा लेग स्पिनर अफ्रिदीको प्रदर्शन भने रहन सकेन। ललितपुर पेट्रिएट्स बिरुद्ध ४ ओभर बलिंग गर्ने क्रममा अफ्रिदी विकेटविहिन रहँदै ३२ रन खर्चिए। खेलको छैठौं ओभरमा पहिलो ओभर बलिंग गर्ने क्रममा उनलाई पवन सर्राफले १ छक्का र १ चौका प्रहार गरे जुन ओभरमा उनले १३ रन खर्चिए। त्यसपछि दोश्रो ओभरमा मात्र ३ रन खर्चेका उनले १० रन खर्चिए। योगेन्द्र सिंह कार्कीले अफ्रिदीलाई एउटा छक्का प्रहार गरे। स्पेलको अन्तिम ओभरमा उनले ६ रन खर्चिए जुन ओभरमा पवनले एउटा छक्का प्रहार गरे। अफ्रिदी ब्याटिंग गर्न तम्तयार भएता पनि दोश्रो इनिंग्समा ब्याटिंग गर्न भने प्रवेश गर्न पाएनन्। चौथों विकेट खसेको खण्डमा अफ्रिदी ब्याटिंग गर्न जान तयार थिए जुन पुरा हुन पाएन। ‘बुम बुम’ अफ्रिदीको ब्याटबाट लामो छक्का हेर्ने दर्शकको चाहना अपुरो रह्यो। सोमबार बिराटनगर वारियर्स बिरुद्ध काठमाडौँको दोश्रो खेलमा अफ्रिदी अन्तिम पटक मैदानमा उत्रनेछन् जसपछि उनि पाकिस्तान फर्कनेछन्।

फोटोहरुमा हेर्नुस कस्तो रह्यो अफ्रिदीको टियु मैदानमा पहिलो दिन 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy