अफ्रिदीले कीर्तिमानी बलिंग गर्दा पाकिस्तानको सहज जित, शोयब मलिकको सन्यास

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत ४३ औं खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गर्दै सुखद अन्त्य गरेको छ। जितको बाबजुत पाकिस्तान सेमीफाइनल पुग्न भने असफल रह्यो।

९ खेलमा समान ५ जित, ३ हार र १ बराबरी अंक रहे पनि नेट रन रेटमा पाकिस्तान पछि पर्यो। न्युजिल्यान्डको नेट रन रेट +०.१७५ रह्यो भने पाकिस्तानको -०.४३० रह्यो।

न्युजिल्याण्ड सेमीफाइनल पुग्ने चौथो टिम बन्न पुग्यो जसअघि अस्ट्रेलिया, भारत र इंग्ल्याण्ड सेमीफाइनल प्रवेश गरिसकेका छन्।

खेलमा पाकिस्तानले पहिले ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३१५ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४४.१ ओभरमा २२१ रनमै सबै विकेट गुमाउन पुग्यो।

दोश्रो इनिंगमा बंगलादेशलाई ९ रनमा सिमित गर्न सकेको भए पाकिस्तानले नेट रन रेटमा न्युजिल्याण्डलाई पराजित गर्ने असम्भव परिस्थिति रहेको थियो।

बंगलादेशको लागि शकिब अल हसनले सर्वाधिक ६४, लिटन दासले ३२, महमदुल्लाहले २९ रन बनाए। पाकिस्तान बलर शाहिन अफ्रिदी एक्लैले ६ विकेट हात पार्दै बंगलादेश इनिंग तहसनहस पारे। उनले ९.१ ओभरमा ३५ रन खर्चिए। शदाब खानले २ तथा मोहम्मद आमिर र वाहब रियाजले १/१ विकेट लिए।

पाकिस्तानको ब्याटिंगमा इमाम उल हकले १००, बाबर आजमले ९६ तथा इमाद वासिमले ४३ रन बनाएका थिए। बंगलादेश बलर मुस्तफिजुर रहमान एक्लैले ५ विकेट लिएका थिए। मोहम्मद सैफुद्दीनले ३ तथा मेहदी हसनले १ विकेट लिए।

शाहिनको नयाँ रेकर्ड 

प्लेयर अफ द म्याच समेत चुनिएका शाहिन अफ्रिदीले विश्वकपमा शहिद अफ्रिदीले बनाएको रेकर्ड समेत तोडे। सन् २०११ विश्वकपमा केन्या बिरुद्ध ५ विकेट लिंदै अफ्रिदीले विश्वकपमा पाकिस्तानको लागि उत्कृस्ट स्पेल गरेका थिए। ६ विकेट लिंदै शाहिनले उक्त आफ्नो नाम गरे।  यस्तै उनि विश्वकपमा ५ विकेट लिने सबैभन्दा कम उमेरको बलर समेत बनेका छन् भने कुल १६ विकेट सहित टिन एजमा सबैभन्दा धेरै विकेट लिने बलर समेत बन्न पुगे।

शोयब मलिकको बिदाई 

विश्वकपको अन्त्य संगै पाकिस्तान क्रिकेटर शोयब मलिकले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

 

सन् १९९९ मा पाकिस्तानको लागि एकदिवसीयमा डेब्यु गरेका मलिकले २० वर्षीय करियरको अन्त्य गरेका हुन्। उनले पाकिस्तानको लागि ३५ टेस्ट, २८७ एकदिवसीय र १११ टि-२० अन्तर्राष्ट्रिय खेले। टेस्टमा ३ शतक मदतले १ हजार ८ सय ९८ रन, एकदिवसीयमा ७ हजार ५ सय ३४ रन तथा टि-२० मा २ हजार २ सय ६३ रन बनाए। यस्तै उनले टेस्टमा ३२ विकेट, एकदिवसीय १५८ विकेट र टि-२० मा २८ विकेट लिए।

पाकिस्तानी खेलाडीहरुले गार्ड अफ अनर दिंदै उनको विदाई गरेका थिए।

यो विश्वकप मलिकको प्रदर्शनको आधारमा भने सफल रहेन। उनले भारतसंग अन्तिम पटक मौका पाएका थिए भने मात्र ३ खेलमा मौका पाए जुन क्रममा ८ रन मात्रै बनाउन सके।





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]