अफ्रिदीको विस्फोटक ब्याटिंग, पख्तुन्स टि-१० लिगको फाइनलमा

  • विकेटनेपाल, मङ्सिर १५ – शनिवार 

युएईमा जारि टि-१० लिग अन्तर्गत पहिलो क्वालिफायर खेलमा नर्थर्न वारियर्स बिरुद्ध शहिद अफ्रिदीले विस्फोटक इनिंग खेलेपछि नर्थर्न वारियर्सलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।

खेलमा टस हारेर ब्याटिंग गरेको पख्तुन्सले १० ओभरमा ५ विकेट गुमाएर १३५ को योगफल तयार गरेको थियो। १३६ रनको लक्ष पछ्याउने क्रममा पुरा ओभर ब्याटिंग गर्दै वारियर्सले ४ विकेट गुमाएर १२२ रन बनाएपछि पख्तुन्स १३ रनले पराजित भयो।

अफ्रिदीको विस्फोटक ब्याटिंग 

पहिले ब्याटिंग गर्ने क्रममा लगातार विकेट गुमाएको पख्तुन्स ५.१ ओभरमा ५७/४ को अवस्थामा पुगेको थियो। त्यसपछि छैठौं नम्बरमा ब्याटिंग गर्न आएका अफ्रिदीले वारियर्सका बलरको सातो लिए।

अविजित ५९ रनको इनिंग खेल्ने क्रममा अफ्रिदीले मात्र १७ बलमा ७ छक्का र ३ चौका प्रहार गरे जुन क्रममा उनले अर्धशतक पुरा गर्न मात्र १४ बल लगाए।

इनिंगको क्रममा ३९ बर्षिय अफ्रिदीले वाहब रियाजको एकै ओभरमा ४ छक्का प्रहार गरेका थिए। इनिंगको आठौँ ओभरमा रियाजको दोश्रो , तेश्रो , चौथो र पाँचौ बलमा उनले लगातार छक्का प्रहार गरे। त्यसपछि लगत्तैको ओभरमा हार्दुस भिल्जोनको ओभरको चौथो, पाँचौ र छैठौं बलमा लगातार ३ चौका पगर्दै हिर्काउदै अफ्रिदीले अर्धशतक पुरा गरेका थिए।

अफ्रिदीको ब्याटिंग – ६ १ ६ . . ६ ६ ६ ६ १ १ ४ ४ ४ ६ . २

पावेलको आक्रामक ब्याटिंगले दिलाएन जित

१३६ रनको लक्ष्य पछ्याउने क्रममा नार्थर्ण वारियर्सले १५ रनमा २ विकेट गुमाएपछि चौथो नम्बरमा ब्याटिंग गर्न आएका रोभम्यान पावेलले विस्फोटक इनिंग खेल्दै टिमलाई जितको आशा जगाएका थिए।

मात्र ३५ बलमा अविजित ८० रन बनाउने क्रममा पावेलले ९ छक्का र ४ चौका प्रहार गरे पनि अन्तिम २ ओभरमा आवस्यक ३९ रन प्रहार गर्न भने टिम असफल रह्यो। अन्तिम ओभरमा २४ रन आवस्यक रहेको अवस्थामा शरफुद्दीनको ओभरमा मात्र १० रन आउदा टिम पराजित हुन पुग्यो।

पख्तुन्सको लागि मोहम्मद इरफानले २ तथा शरफुद्दीन अशरफले १ विकेट लिए। खेलको प्लेयर अफ द म्याच कप्तान  शहिद अफ्रिदी घोषित भए।

प्रतियोगिताको अंक तालिकामा दोश्रो स्थानमा रहँदै पख्तुन्स क्वालिफायर प्रवेश गरेको थियो भने नर्थर्न वारियर्स लिग चरणको शिर्ष स्थानमा रहेको थियो। अब वारियर्सले इलिमीनेटर खेलमा बेङ्गाल टाइगर्स र मराठा अरबियन्स बीचको खेलको विजेतासंग खेल्ने छ र उक्त खेलमा जित्ने टिमले आइतबार राति हुने फाइनलमा पख्तुन्सको सामना गर्नेछ।

लिगमा सन्दिप लामिछाने रहेको टिम तथा प्रतियोगिताको गत बर्षको विजेता टिम केरला नाइट्सले मात्र २ जित हात पार्दै प्ले-अफ चरण प्रवेश गर्न असफल रह्यो। कुल ६ खेलमा ६ विकेट लिएका सन्दिपले सुरुको ३ खेलमा राम्रो गरे पनि त्यसपछिको खेलहरुमा भने प्रभावित पार्ने बलिङ्ग गर्न सकेनन्। लिगको अन्तिम खेलमा शुक्रबार बेङ्गाल टाइगर्सलाई केरलाले पराजित गरे पनि सन्दिपले भने १ ओभर बलिङ्ग गर्दा २० रन खर्चेका थिए। यस्तै त्यस अघिको खेलमा नर्थर्न वरियर्स बिरुद्ध झनै महँगो सावित हुने क्रममा नेपाली गुग्लि ब्वाईले २ ओभरमा ४७ रन खर्चिएका थिए।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।





थप समाचार

एनपीएल : बिराटनगर सुपर ओभरमा पराजित

विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्ससँग सुपर ओभरमा १३ रनले पराजित भएको छ । रोमाञ्चक खेलको सुपर […]

एनपीएल : काठमाडौँसँग हारसंगै पहिलो चरणबाट बाहिरियो लुम्बिनी

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिएको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले […]

एनपीएल : ५१ रनमै जनकपुर बोल्ट्स समेटियो, सुदूरपश्चिम शिर्षमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा अपराजित रहेको टिम जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले पराजित गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको […]

एनपीएल : कर्णाली याक्सको लगातार तेश्रो जित

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलका कर्णालीले पोखरा […]

रोहितको शानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै सँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । पाँचौँ खेलमा […]

सुदूरपश्चिमको विजयी यात्रा समाप्त, चितवनको तेश्रो जित

बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान […]