अफगानिस्तान पेसर अफताब आलमलाई १ वर्ष प्रतिबन्ध, यस्तो छ आरोप

अफगानिस्तानका तिब्र गति बलर अफताब आलमलाई घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट खेल्नबाट अफगानिस्तान क्रिकेट बोर्डले १ वर्षे प्रतिबन्ध लगाएको छ।

अफगानिस्तान बोर्डको अनुशासन कमिटिले २०१९ विश्वकपको दौरान आचार संहिता उल्लङ्घन गरेको आरोपमा कारवाही गरेको हो। विश्वकपको दौरान आलमलाई ‘असाधारण परिस्थिति’ भन्दै घर फर्काएको थियो।

बोर्डले विश्वकप पछि आलमलाई घर फर्काउनुको कारण बताउदै उनले आईसीसीको अनुशासन आचारसंहिता उल्लंघन गरेको बताएको छ। तर कुन अचारसंहिता उल्लंघन गरेको र घटना बारे भने बोर्डले बताएको छैन।

विश्वकपको दौरान घटेको घटना पछि अनुसन्धान गर एउटा कमिटि गठन गरिएको थियो जसपछि उनलाई १२ महिना लामो प्रतिबन्ध लगाईएको हो। बोर्डसंगको उनको सम्झौता पनि रद्द गरिएको छ।

आलमले अन्तिम पटक विश्वकपमा भारत बिरुद्ध खेलेका थिए जुन खेलमा अफगानिस्तान ११ रनले पराजित भएको थियो।

रिपोर्टका अनुसार उनले टिम बसेको होटलमा एक महिलालाई खराब व्यवहार गरेका थिए। सोहि आरोपको कारण उनलाई घर पठाईएको बताईएको छ।

यस्तै क्रिकइन्फोका अनुसार २६ वर्षीय तिब्र गति बलर भारत-पाकिस्तानको खेलको दिन पनि समस्यामा परेका थिए। त्यो दिन उनले आफ्नो भीआईपी पास प्रयोग गर्दै खेल हेर्न आफ्नो साथीहरुसंग पुगेका थिए भने । त्यहाँ पनि आलमलाई हस्पिटालिटि रुमबाट सुरक्षाकर्मीले जबर्जस्ती हटाउनु परेको लेखेको छ।

यस्तै २३ जुनमा आईसीसीको भ्रस्टाचार बिरोधि युनिटको बैठकमा उपस्थित नभएको कारण प्रशिक्षक फिल सिमन्सले आलमलाई २ खेलको लागि निलम्बन गरेका थिए।

सन् २०१० मा अफगानिस्तानको लागि एकदिवसीयमा डेब्यु गरेका आलमले २७ एकदिवसीय अन्तर्राष्ट्रियमा ४१ विकेट लिएका छन्। विश्वकपमा उनले न्युजिल्याण्डसंग ३ विकेट तथा भारतसंग १ विकेट लिएका थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]