डेब्युमा अग्रवालको कमाल, कोहली र पुजाराको साझेदारीले भारत बलियो

  • विकेटनेपाल, पुष-११  , बुधबार 

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत ४ टेस्टको शृंखला अन्तर्गत तेश्रो टेस्ट बुधबार सुरु भएको छ। मेलबर्न क्रिकेट मैदानमा पहिलो दिनको समाप्तिमा टस जितेर ब्याटिंग रोजेको भारतले २ विकेट गुमाएर २१५ रन बनाएर ब्याटिंग गरिरहेको छ। सिरिज अन्तर्गत पहिलो टेस्ट भारतले ३१ रनले तथा दोश्रो टेस्ट अस्ट्रेलियाले १४६ रनले जितेको थियो।

डेब्युमा मायांक अग्रवालको सानदार सुरुवात 

पहिले ब्याटिंग रोजेको भारतको लागि हनुमा बिहारी र मायांक अग्रवालले ओपनिङ्ग गरेका थिए। पहिलो २ टेस्टमा मुरली विजय र केएल राहुलले ओपनिङ्ग गरेका थिए।

बिहारी १९ औं ओभरमा प्याट कमिन्सको बलमा क्याच आउट हुन पुगे जसले ६६ बलमा ८ रन बनाए। बिहारीको विकेट पछि अग्रवाल र चेतेश्वर पुजाराले दोश्रो विकेटको लागि ८३ रनको साझेदारी गरे। अग्रवाल ५५ औं ओभरमा कमिन्सकै पलमा विकेटकिपर टिम पेनबाट समातिन पुगे। डेब्युमा अर्धशतक प्रहार गर्ने क्रममा अग्रवालले ७५ रन बनाउन १६१ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

 

Mayank Agrawal
Mayank Agrawal

कोहली र पुजाराको साझेदारीले भारत बलियो 

अग्रवालको विकेट पछि भारतको लागि कप्तान बिराट कोहली र पुजाराले दिनको समाप्तिसम्म विकेट नगुमाई ब्याटिंग गरिरहेका छन्। दुवैले तेश्रो विकेटको लागि ९२ रनको साझेदारी गरेका छन्।

दिनको समाप्तिमा कोहली ४७ रन ( १०७ बलमा ६ चौका ) बनाएर तथा पुजारा ६८ रन ( २०० बलमा ६ चौका ) बनाएर ब्याटिंग गरिरहेका छन्। ८९ ओभरमा भारतले २ विकेट गुमाएर २१५ रन बनाएको छ। टेस्टमा पुजाराको यो २१ औं अर्धशतक हो।

अस्ट्रेलियाको लागि दुवै विकेट प्याट कमिन्सले लिने क्रममा १९ ओभरमा ६ मेडन ओभर गर्दै ४० रन खर्चेका छन्। मिचेल स्टार्क ( १६-६-३२-० ) , जोश हेजलवुड ( १६-६-४५-० ) , नाथन लायन ( २१-४-५९-० ) र मिचेल मार्श ( १५-३-२३-० ) विकेट विहिन रहे।

अग्रवालको किर्तिमान 

२८ बर्षिय मायांक अग्रवाल भारतभन्दा बाहिर भारतको लागि डेब्यु टेस्टमा दोश्रो धेरै रन बनाउने ब्याट्सम्यान बनेका छन्। यस अघि सुधिर नायकले १९७४मा इंग्ल्याण्ड बिरुद्ध इंग्ल्याण्डमा डेब्यु गर्दा ७७ रन बनाएका थिए जो अग्रवाल भन्दा १ रनले मात्र अघि थिए। यो रेकर्डमा तेश्रो नम्बरमा सुनिल गावस्कर छन् जसले वेस्ट इन्डिज बिरुद्ध १९७१ को डेब्यु टेस्टमा अविजित ६७ रन बनाएका थिए।

भारतको पछिल्लो २ घरेलु क्रिकेट सिजनमा १५ खेलमा १५१६ रन बनाएका अग्रवालले ५ शतक र ८ अर्धशतक बनाएका थिए। त्यस क्रममा ३०२ रन सर्वाधिक व्यक्तिगत योगफल बनाएका अग्रवाललाई त्यसैको बलमा राष्ट्रिय टिममा बोलाईएको हो।

Mayank Agrawal

जारि टेस्टमा भारतको अन्तिम-११ : Mayank Agarwal, Hanuma Vihari, Cheteshwar Pujara, Virat Kohli (c), Ajinkya Rahane, Rohit Sharma, Rishabh Pant (wk), Ravindra Jadeja, Mohammed Shami, Ishant Sharma, Jasprit Bumrah

अस्ट्रेलियाको अन्तिम-११ : Marcus Harris, Aaron Finch, Usman Khawaja, Shaun Marsh, Travis Head, Mitchell Marsh, Tim Paine (c & wk), Pat Cummins, Mitchell Starc, Nathan Lyon, Josh Hazlewood

फोटोहरुमा हेर्नुस कस्तो रह्यो टेस्टको पहिलो दिन :- 

( फोटोहरु – आईसीसी , बिसीसीआई र एमसीसी )





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]