कीर्तिमानी दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

यही असोज १० गते भएको नेपाल र मङ्गोलियाबिचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका थिए । उनले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमै अर्धशतक पूरा गरेर कीर्तिमान बनाएका थिए।

यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा अङ्कित थियो । भारतीय खेलाडी सिंहले १२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान कायम गरेका थिए। विश्व कीर्तिमान कायम गरेबापत नेपाल प्रहरीले उहाँलाई पदोन्नति दिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए । खेलाडी ऐरी २०७३ सालदेखि नेपाल पुलिसमा आबद्ध छन् । यसअघि उनि प्रहरी जवान थिए ।

आईजीपीद्वारा राष्ट्रिय टीमबाट खेल्ने नेपाल प्रहरीका ५ क्रिकेटरलाई सम्मान

राष्ट्रिय टीमबाट खेल्ने नेपाली प्रहरीका ५ जना क्रिकेटरलाई महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरले सम्मान गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा २०२३ सेप्टेम्बर २३ देखि चीनमा जारी ‘१९ औँ एशियन गेम्स’ मा राष्ट्रिय पुरुष क्रिकेट टिममा रहेका नेपाल प्रहरीका ५ जना खेलाडीहरूलाई कुँवरले सम्मान गरेका हुन् ।

https://www.youtube.com/watch?v=yQwAmseEXps

https://youtu.be/e4gVK6R7gtY?si=hBLljIlCjKhqf1zb

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy