अभ्यासको क्रममा उपकप्तान दिपेन्द्र ऐरी घाइते

Dipendra Singh Airee

राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरी अभ्यासको क्रममा घाइते भएका छन्।

नेपालले विश्वकप लिग-२ अन्तर्गत सेप्टेम्बर १३ देखि २० तारिखसम्म ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज र त्यसअघि सेप्टेम्बर ७ र १० तारिखमा पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दैछ। त्यस अघि टिमका महत्वपूर्ण ब्याट्सम्यान ऐरी घाइते भएका हुन्।

विकेटनेपाललाई प्राप्त जानकारी अनुसार आइतबार बेलुका अभ्यासको क्रममा ऐरीको खुट्टामा चोट लागेको हो। उनको चोट कति गम्भीर हो नेपाली टिम व्यवस्थापनले अधिकारिक रुपमा बताएको छैन। सोमबार अधिकारिक रिपोर्ट आएपछि चोट बारे थाहा हुनेछ। चोट गम्भीर भए २२ वर्षीय दायाँ हाते ब्याट्सम्यान ऐरीले सेप्टेम्बर ७ मा खेलिने पपुवा न्यु गिनीसंगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय गुमाउन सक्नेछन्।

२०१७ देखि ऐरी नियमित रुपमा नेपालको मध्यक्रम सम्हाल्दै आइरहेका छन्। एकदिवसीयमा चौथों नम्बरमा ब्याटिंग गर्दै आएका ऐरी घाइते भएर खेल गुमाउने स्थितिमा उनको स्थान आरिफ शेख, रोहित पौडेल जस्ता ब्याट्सम्यानले लिन सक्नेछन्। टिममा अफस्पिन अलराउण्डरको रुपमा पवन सर्राफ पनि रहेका छन्। ओमान भ्रमणमा नेपालले १७ सदस्यीय टोलि लगेको छ।

यो वर्ष अप्रिलमा नेदरल्याण्ड र मलेसिया बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा उत्कृस्ट लयमा देखिएका ऐरीले ४ इनिंग्समा ७३.५० को औशत र २१६.१७ को स्ट्राइक रेटले १४७ रन बनाएका थिए। एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म खास प्रदर्शन देखाउन नसकेका ऐरीसामु ओमान सिरिजमा उत्कृस्ट प्रदर्शन गर्दै प्रमाणित गर्ने राम्रो अवसर रहेको छ। नेपालको मध्यक्रमको महत्वपूर्ण ब्याट्सम्यान ऐरीले नेपालको लागि १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलीसकेका छन् जुन क्रममा १५९ रन बनाएका छन् भने २ विकेट लिन सकेका छन्। घरेलु एकदिवसीय क्रिकेटमा राम्रो लयमा रहेका ऐरीले यो वर्ष मार्चमा आयोजित काठमाडौँ मेयर्स कपमा नेपाल पुलिस क्लबको प्रतिनिधित्व गरेका उनले एपीएफ बिरुद्ध १४० रन बनाएका थिए। त्यस अघि प्रधानमन्त्री कपमा पनि ऐरीले ४ खेलमा १५६ रन बनाएका थिए।

ओमान भ्रमणमा रहेको १७ सदस्यीय नेपाली टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ), दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

नेपाल र पपुवा न्यु गिनी बीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सेप्टेम्बर ७ तारिखमा ११:१५ बजे नेपाली समय तथा ओमान समय ९:३० बजे बिहान सुरु हुनेछ। यस्तै दोश्रो खेल सेप्टेम्बर १० तारिखमा डे-नाइट हुनेछ जुन नेपाली समय ४:१५ बजे तथा ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ। ओमान क्रिकेट एकेडेमी मैदानमा खेलहरु हुनेछ। नेपालले विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेल अमेरिकासंग सेप्टेम्बर १३ तारिखमा खेल्नेछ। खेल नेपाली समय ४:१५ बजे बेलुका तथा ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ। सेप्टेम्बर २० तारिखसम्म कुल ८ दिन चल्ने प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल सेप्टेम्बर १४ तारिखमा आयोजक ओमान बिरुद्ध खेल्नेछ। यस्तै तेश्रो खेल दुई दिन आराम पछि सेप्टेम्बर १७ तारिखमा अमेरिकासंग तथा चौथो खेल सेप्टेम्बर १९ तारिखमा ओमान बिरुद्ध खेल्नेछ। सबै खेलहरु नेपाली समय ४:१५ बजे बेलुका र ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ। लिग-२ अन्तर्गत नेपालको खेलहरु एक्सन स्पोर्ट्स च्यानलमा प्रत्यक्ष प्रशारण हुने सम्भावना रहेको छ जसको अधिकारिक घोषणा भने भएको छैन।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]