ट्राई सिरिज अघि नेपाललाई ठूलो झट्का, दिपेन्द्रले सिरिजनै गुमाउने

Dipendra Airee

आयोजक ओमान र अमेरिकासंग त्रिकोणात्मक सिरिज सुरु हुनु अघि नेपाली टिमलाई ठूलो झट्का लागेको छ।

राष्ट्रिय टिमका अनुभवी मध्यक्रम ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले खुट्टाको जोर्नीमा फिल्डिंगको क्रममा चोटको कारण पपुवा न्यु गिनीसंगको दुई वटा खेल गुमाएका थिए। ऐरी घाइते भएको खबर विकेटनेपालले खुलासा गरेको थियो। उपकप्तान ऐरीले ओमान सिरिजनै गुमाउले निश्चित भएको छ।

दिपेन्द्रको दायाँ खुट्टामा हाई ग्रेड एटिएफएल टियर ( High Grade ATFL tear” का कारण ओमान भ्रमण पुरै गुमाउने क्यानले अधिकारिक रुपमा बिग्यति जारी गर्दै जानकारी गराएको छ। दिपेन्द्रले अझै २ साता पूर्णरुपमा आराम गर्नुपर्नेछ जसपछि उनको चोटको पुनर्मुल्यांकन हुनेछ।

क्यानका क्रिकेट म्यानेजर बिनोद दासले विकेटनेपालसंग कुरा गर्दै ऐरीको प्रतिस्थापनमा नेपालबाट अर्को खेलाडी नपठाउने बताएका छन्। खेलाडी घाइते या कोभिड-१९ संक्रमित हुने सम्भावनालाई हेर्दै १७ जना खेलाडी ओमान भ्रमणमा पठाइएको हुनाले थप खेलाडी नपठाइने उनले बताए।

घाइते भएपछि हालसम्म कुनै पनि किसिमको अभ्यासमा नफर्केका ऐरी शनिवार टिमले अभ्यास गर्दा नेट्सको पछाडी अन्य ब्याट्सम्यानले गरेको अभ्यास हेरीरहेका थिए।

Dipendra Singh Airee
अभ्यासको क्रममा Dipendra Singh Airee घाइते भएका थिए

ऐरी २०१७ देखि नियमित रुपमा नेपालको मध्यक्रम सम्हाल्दै आइरहेका छन्। एकदिवसीयमा चौथों नम्बरमा ब्याटिंग गर्दै आएका ऐरी घाइते भएर खेल गुमाउने स्थितिमा उनको स्थान रोहित पौडेलले लिन सक्ने छन्। पपुवा न्यु गिनीसंग दोश्रो एकदिवसीयमा चौथों नम्बरमा ब्याटिंग गर्दै रोहितले करियरकै उत्कृस्ट स्कोर बनाउने क्रममा ८६ रन बनाएका थिए। पपुवा न्यु गिनीसंग पहिलो एकदिवसीयमा अरिफ शेखले चौंथो नम्बरमा ब्याटिंग गर्दा ९ रन मात्र बनाउन सकेका थिए।

यो वर्ष अप्रिलमा नेदरल्याण्ड र मलेसिया बिरुद्ध टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा उत्कृस्ट लयमा देखिएका ऐरीले ४ इनिंग्समा ७३.५० को औशत र २१६.१७ को स्ट्राइक रेटले १४७ रन बनाएका थिए। एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म खास प्रदर्शन देखाउन नसकेका ऐरीसामु ओमान सिरिजमा उत्कृस्ट प्रदर्शन गर्दै प्रमाणित गर्ने राम्रो अवसर रहेको थियो। नेपालको मध्यक्रमको महत्वपूर्ण ब्याट्सम्यान ऐरीले नेपालको लागि १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलीसकेका छन् जुन क्रममा १५९ रन बनाएका छन् भने २ विकेट लिन सकेका छन्। घरेलु एकदिवसीय क्रिकेटमा राम्रो लयमा रहेका ऐरीले यो वर्ष मार्चमा आयोजित काठमाडौँ मेयर्स कपमा नेपाल पुलिस क्लबको प्रतिनिधित्व गरेका उनले एपीएफ बिरुद्ध १४० रन बनाएका थिए। त्यस अघि प्रधानमन्त्री कपमा पनि ऐरीले ४ खेलमा १५६ रन बनाएका थिए।

ऐरीको अनुपस्थितिले नेपालको टिम सन्तुलनमा असर 

ऐरी घाइते हुँदा नेपालको टिम सन्तुलनमा असर गर्नेछ। ब्याटिंग संगै अफस्पिन बलिंग पनि राम्रो गर्न सक्ने हुँदा उनको उपस्थितिले एक जना अतिरिक्त ब्याट्सम्यान खेलाउन पाउने गरेको थियो। ऐरी अनुपस्थित हुँदा नेपालले स्पिनरको रुपमा कुशल मल्ल, शरद भेसावकर या पवन सर्राफलाई अलराउण्डरको भूमिका दिन सक्छ। कुशलले पपुवा न्यु गिनी बिरुद्ध पहिलो खेलमा २ विकेट ( ७-१-१९-२ ) लिंदै किफायती बलिंग समेत गरेका थिए जसलाई नेपालले बलिंगमा पनि प्रयोग गर्नेछ। शरदले दुवै खेलमा बलिंग गरेका थिएनन तर घरेलु क्रिकेटमा उनले राम्रो बलिंग पनि गर्दै आएका छन्। अफस्पिन अलराउण्डर पवन सर्राफले पपुवा न्यु गिनीसंग पहिलो खेलमा मौका पाउँदा २ ओभर मात्र बलिंग गर्न पाएका थिए भने ब्याटिंगमा खाता नखोली आउट भएका थिए।

विश्वकप लिग-२ मा नेपालको ओपनिंग कुशल भुर्तेल र आसिफ शेखले सम्हाल्नेछन् भने तेश्रो नम्बरमा ज्ञानेन्द्र मल्ल, चौथोंमा रोहित पौडेल, पाँचौ नम्बरमा शरद भेसावकर तथा छैठौं र सातौँ नम्बरमा बिनोद भण्डारी र कुशल मल्ल खेल्ने सम्भावना प्रवल रहेको छ। तिन जना फास्ट बलर लिएर खेलेको खण्डमा करन केसी, सोमपाल कामि र बिक्रम सोबले मौका पाउने निश्चित रहेको छ। अर्का पेसर अविनाश बोहरालाई दुवै अभ्यास खेलमा अन्तिम-११ मा समाबेशनै गरिएको थिएन। यस्तै अर्का पेसर गुल्सन झा पनि खुट्टाको चोटका कारण पपुवा न्यु गिनी बिरुद्ध २ खेल खेल्न सकेका थिएनन्। गुल्सनको

४ जना मुख्य बलर लिएर खेलेको खण्डमा नेपालले सन्दिप लामिछानेको साथी स्पिनरको रुपमा नेपालले कुशल मल्ललाई प्रयोग गर्नुपर्नेछ। पाँचौ बलरको १० ओभर पुरा गर्न नेपाललाई कुशल पछि अन्तिम-११ अन्य बलर पनि आवस्यकता हुनेछ। विकेटकिपरको रुपमा आसिफ शेख पनि टिममा रहेकोले बिनोद भण्डारीको स्थानमा नेपालले अलराउण्डर पवन सर्राफ या आरिफ शेखलाई पनि मौका दिन सक्छ। मिडियम पेसर आरिफले पहिलो खेलमा मौका पाउँदा २ ओभर बलिंग समेत गरेका थिए। अधिकांश ब्याट्सम्यानहरुले रन बनाउन नसकीरहेको अवस्थामा ब्याटिंग क्रम सकभर लामो बनाउनुपर्ने दबाबमा टिम रहेको छ। ओपनर कुशल र आसिफले पहिलो खेलमा राम्रो सुरुवात दिलाए पनि ठूलो स्कोर बनाउन सकेका छैन् भने शरद, बिनोद, कुशल मल्ल, अरिफ, पवन जस्ता ब्याट्सम्यानहरु लयमा छैनन्।

अमेरिका बिरुद्ध नेपालको सम्भावित ११ : आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, शरद भेसावकर, बिनोद भण्डारी/पवन सर्राफ/आरिफ शेख, कुशल मल्ल, करन केसी, सोमपाल कामि, बिक्रम सोब, सन्दिप लामिछाने

नेपालले विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेल अमेरिकासंग सेप्टेम्बर १३ तारिखमा खेल्नेछ। खेल नेपाली समय ४:१५ बजे बेलुका तथा ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ। सेप्टेम्बर २० तारिखसम्म कुल ८ दिन चल्ने प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो खेल सेप्टेम्बर १४ तारिखमा आयोजक ओमान बिरुद्ध खेल्नेछ। यस्तै तेश्रो खेल दुई दिन आराम पछि सेप्टेम्बर १७ तारिखमा अमेरिकासंग तथा चौथो खेल सेप्टेम्बर १९ तारिखमा ओमान बिरुद्ध खेल्नेछ। सबै खेलहरु नेपाली समय ४:१५ बजे बेलुका र ओमान समय २:३० बजे दिउसो सुरु हुनेछ।

ओमान भ्रमणमा रहेको १७ सदस्यीय नेपाली टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ), दिपेन्द्र सिंह ऐरी ( उपकप्तान ) , कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]