दिपेन्द्र ऐरिको अर्धशतक मदतले चितवनद्वारा भैरहवालाई १४० रनको लक्ष्य

Dipendra Airee
  • विकेटनेपाल, पौष-४, बुधबार 

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत जारि इलिमिनेर खेलमा पहिले ब्याटिंग गर्दै चितवन टाइगर्सले २० ओभरमा ८ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको छ।

Abinash Bohara
Abinash Bohara

खेलमा बिजयी हुने टिमले दोश्रो क्वालीफायरमा काठमाडौँ किंग्स-११ संग प्रतिस्पर्धा गर्नेछ जसको विजेताले शनिवार खेलिने फाइनलमा ललितपुर प्याट्रीएट्ससंग खेल्नेछ। काठमाडौँ पहिलो क्वालीफायरमा ललितपुर प्याट्रीएट्ससंग पराजित भएको थियो।

खेलमा टस हारेर फिल्डिंग गर्ने क्रममा चितवनको सुरुवात राम्रो हुन सकेन। सन्दिप सुनार ( ४ रन ) दोश्रो ओभरमा रायन टेन डेस्काटेकको बलमा मिड अनमा अविनाश बोहराको हातबाट क्याच आउट भए। त्यसपछि लगत्तै ओभरमा ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १४ रन बनाएका अर्का ओपनर पल स्टरलिङ्गलाई मोहम्मद नबिदले क्याच आउट गराए।

पाँचौ ओभरमा कप्तान पृथु बास्कोटा ११ बल खेल्ने पनि खाता नखोल्दै नबिदकै बलमा आउट हुँदा चितवन २४/३ ( ४.३ ओभर ) को अवस्थामा पुग्यो।

चौथो नम्बरमा आएका जोन सिम्पसन र दिपेन्द्र ऐरिले चौथो विकेटको लागि ३१ रनको साझेदारी गर्दै इनिंग अघि बढाए पनि सिम्पसन १४ रन ( १५ बल, २ चौका ) बनाएर नवौं ओभरमा भुवन कार्कीको सिकार भए।

Dipendra Airee
Dipendra Airee

पाँचौ विकेटको लागि दिपेन्द्र ऐरिले भिम शार्कीले २० रनको साझेदारी गरे पछि भिम ९ रन बनाएर आउट भए। त्यसपछि ऐरिले जर्ज स्कटसंग २० रनको साझेदारी गरे। स्कट ९ रन मा आउट हुँदा टाइगर्सले छैठौं विकेट गुमायो। शार्की र स्कटको विकेट अविनाश बोहराले लिए।

लगातार अर्को किनारमा विकेट गुमे पनि दिपेन्द्र ऐरिले एउटा किनार सम्हाल्दै अर्धशतक पुरा गरे। रायन टेन डेस्काटेले गरेको १७ औं ओभरमा लगातार ४ चौका प्रहार गर्दै त्यसै ओभरमा कुल १९ रन बटुल्दै उनले प्रतियोगितामा दोश्रो अर्धशतक पुरा गरे। यस अघि ऐरिले पोखरा राइनोजसंग अविजित ५४ रन बनाएका थिए।

अर्धशतक बनाए पछि ऐरि ५६ रन बनाएर मोहम्मद नबिदको बलमा १९ औं ओभरमा आउट भए। कमल सिंह ऐरि त्यसपछि १३ रन बनाएर आउट भए भने अन्तिममा ललित भण्डारी ४ रन बनाएर अविजित रहे।

फलस्वरुप चितवनले २० ओभरमा ८ विकेट गुमाएर १३९ रनको योगफल खडा गर्यो।

भैरहवाको बलिङ्गमा युएई क्रिकेटर समेत रहेका मोहम्मद नबिदले ३ विकेट लिन ४ ओभरमा २४ रन खर्चिए। यस्तै अविनाश बोहराले २ विकेट ( ४-०-१३-२ ) लिए भने रायन टेन डेस्काटे, कृष्ण कार्की र भुवन कार्कीले समान १/१ विकेट लिए।

चितवन टाइगर्स प्लेयिंग-११ : पृथु बास्कोटा ( कप्तान ) , ललित सिंह भण्डारी , सन्दिप सुनार , शाहब आलम , दिपेन्द्र सिंह ऐरि , भिम शार्की, कमल सिंह ऐरि, सागर ढकाल, जर्ज स्कट, जोन सिम्प्सन, पल स्टरलिङ्ग

भैरहवा ग्ल्याडीएटर्स प्लायिंग-११ : शरद भेसावकर, आरिफ शेख, रोहित पौडेल, कृष्ण कार्की, भुवन कार्की, प्रदिप ऐरि, अविनाश बोहरा, क्कुशल मल्ल, रभी इन्दर सिंह, रायन टेन डेस्काटे, मोहम्मद नबिद





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]