दिपेन्द्र ऐरीको अलराउन्ड प्रदर्शनमा पुलिसलाई उपाधि

Nepal police club
  • विकेटनेपाल – १५ बैशाख, शनिवार

दिपक गुप्ता स्मृति टि-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । शनिवार सम्पन्न फाइनल खेलमा पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३४ रनले पराजित गर्यो ।

उपाधिसंगै नेपाल पुलिस क्लबले नगद ३,११,००० रुपैयाँ तथा ट्रफी हात पारेको छ। उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले भने नगद १,७१,००० रुपैयाँ र ट्रफीमा चित्त बुझाउनु पर्यो। प्रतियोगिताको उत्कृस्ट खेलाडी त्रिभुवन आर्मी क्लबका सागर पुनले नगद ३१,००० रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृस्ट ब्याट्सम्यान बनेका आरिफ शेख र उत्कृस्ट बलर बनेका साहब आलमले समान नगद २१,००० रुपैयाँ र ट्रफी प्राप्त गरे ।

फाइनल खेलमा रंगभूमि मैदान जनकपुरमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपाल पुलिस क्लबले १८.२ ओभरमा सबै विकेट गुमाउन अघि मात्र ११४ रन जोडेको थियो। ब्याटिंगमा खराब सुरुवात गरेको पुलिस क्लबका लागि कप्तान मन्जित श्रेष्ठले २७ तथा दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १९-१९ रन जोडेका थिए।

दिपेन्द्र ऐरीले अलराउण्ड योगदान दिए ( फाइल फोटो )

लगातार विकेट गुमाएको पुलिस क्लबले साझेदारी बनाउन नसक्दा ठुलो स्कोर बनाउनबाट चुकेको थियो । मन्जित श्रेष्ठले २८ बलमा ३ छक्का सहित २७ रन जोडे। आर्मीको बलिंगतर्फ सोमपाल कामी, सागर पुन, साहब आलम र बिक्रम सोबले समान २-२ विकेट लिए।

जवाफमा ११५ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको आर्मी क्लबले खराब ब्याटिंग प्रदर्शन गर्दै अल आउट हुनअघि मात्र ८० रन जोड्न सक्यो। आर्मीको ब्याटिंगलाई ध्वस्त गर्ने क्रममा म्यान अफ दि म्याच समेत बनेका पुलिस क्लबका दिपेन्द्र सिंह ऐरीले ३ विकेट चट्काए। यस्तै सुनिल धमला, ललित राजबंशी र रामनरेश गिरिले समेत २-२ विकेट हात पारे।

आर्मीको चेजमा राजेश पुलामीले ३१ बलमा ३१ रन र सागर पुनले २४ बलमा १४ जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन। पुन र पुलामी बाहेक आर्मी क्लबका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न समेत सकेनन्।

स्कोरकार्ड हेर्न क्लिक गर्नुस 





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]