टियु मैदान केप-टाउन जस्तो – अजय जडेजा ( भिडियो सहित )

वाईवाई एभेरेस्ट प्रिमियर लिगको प्रमुख अतिथिको रुपमा नेपाल आएका भारतीय क्रिकेट टोलीका पूर्वकप्तान अजय जडेजाले नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको बताएका छन्।

‘जोहरा स्पोट्स म्यानेजमेन्ट’को आयोजनामा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले दुई वर्षअघि बङ्गलादेशमा नेपालले टि–ट्वान्टी विश्वकप खेलेको स्मरण गर्दै भने, ‘उनीहरु (नेपाली क्रिकेट टोली)ले गरेको त्यो ठूलो उपलब्धि हो। यसले नेपाली क्रिकेट अघि बढिरहेको छ भन्ने कुरा स्पष्ट देखाउँछ।’

कीर्तिपुर क्रिकेट मैदानको प्रशंसा गर्दै उनले भने, ‘नेपालमा यति राम्रो प्राकृतिक मैदान रहेछ, त्यसैले कृत्रिम रङ्गशाला बनाउन हतारो नगर्दा हुन्छ।’ जडेजाले क्रिकेट रङ्गशालामा मन डुलाउनुभन्दा गुणस्तरीय ब्याट, बललगायत क्रिकेट सामग्री जोड्नमा ध्यान दिन नेपाली क्रिकेटकर्मीलाई आग्रह गरे।

भारतको लागि १५ टेस्ट र १९६ एकदिवसीय क्रिकेट खेलेका जडेजाले टियु क्रिकेट मैदान पुग्दा दक्षिण अफ्रीकाको कप टाउन जस्तो लागेको बताए l साथै उनले यहाँको मौसम क्रिकेटको लागि उत्कृस्ट रहेको बताए l

पूर्वकप्तान जडेजा यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार हुने फाइनल खेलका लागि प्रमुख आतिथ्य ग्रहण गर्न शनिबार काठमाडौँ आएका हुन्। उनले शनिबार नै कीर्तिपुर क्रिकेट मैदानको भ्रमण गरेका थियो।

-रासस

https://www.youtube.com/watch?v=YnrV2vtGjFw

Wicket Nepal

Brevity is the soul of wit. Even if you're William Shakespeare, you don't want to write an author bio that fills up the entire back cover. In an odd twist of logic, the more accomplished you are as an author, the shorter your author bio can be

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy