IPL : अझै कति खेल्नेछन् धोनी, यसो भन्छन् चेन्नाईका सीईओ

२०७८ असार २४, बिहीबार १५:१५

७ जुलाई, बुधबार ४० वर्ष उमेर  पुगेका चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीलाई मैदानबाट पर देख्न उनका फ्यानहरु चाहदैनन्। लिगको सफलतम कप्तान धोनीले अझै कति वर्ष आईपीएल खेल्नेछन् भन्ने कौतुहलता बारे चेन्नाई सुपर किंग्सका प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) कासी विश्वनाथानले जवाफ दिएका छन्।

विश्वनाथानले समाचार एजेन्सी आईएएनएससंग धोनी अझै एक या दुई वर्ष चेन्नाईसंग रहने बताएका छन् – “धोनी चेन्नाई सुपर किनागाससंग अझै एक या दुई वर्ष खेल्नेछन्। उनि पुरै फिट छन् र नियमित अभ्यास गर्नेगर्छन्। उनले टिम छोड्ने अहिलेनै कुनै कारण देखिदैन।” विश्वनाथनले बताए।

आईपीएलको दोश्रो फेजको खेल सेप्टेम्बर-अक्टोबरमा युएईमा खेलिनेछ। लिग अंक तालिकामा ७ खेल खेलेको चेन्नाई ५ जित सहित अंकतालिकामा दोश्रो स्थानमा रहेको छ।

ब्याटिंगको हिसाबले हेर्ने हो भने धोनीले ७ खेलमा मात्र ३७ रन बनाएका छन् जुन क्रममा उनको औशत १२.३३ रहेको छ। उनले ७ खेल मध्ये ४ खेलमा मात्र ब्याटिंगको मौका पाएका थिए जुन क्रममा एक खेलमा उनि अविजित रहेका थिए।

पछिल्लो सिजन चेन्नाई र धोनीको प्रदर्शन निकै खराब रहेको थियो जुन क्रममा इतिहासमै पहिलो पटक चेन्नाई प्लेअफ पुग्न असफल रहेको थियो। धोनीको ब्याटिंगको पछिल्लो समय निकै आलोचना हुने गरेको छ जुन कुरा उनको प्रदर्शनमा पनि देखिने गरेको छ। तर उनले कप्तानको रुपमा आईपीएल २०२१ मा राम्रो पुनरागमन गर्दै टिमलाई पुनः उत्कृस्ट बनाउने दौडमा छन्। उनका फ्यानहरु चेन्नाईको सफलता संगै धोनीको ब्याटबाट पनि रन निक्लेको देख्न चाहीरहेका छन्।

धोनी आईपीएल इतिहासको आठौँ सर्वाधिक रनकर्ता हुन् जसले २११ खेलको १८६ इनिंग्समा ब्याटिंग गर्दै ४,६६९ रन बनाएका छन्। यस क्रममा उनले २३ अर्धशतक बनाएका छन् भने १३६.६४ को स्ट्राइक रेटमा रन बनाएका छन्।

सम्बन्धित 

– धोनीका सबैभन्दा ठुला पाकिस्तानी फ्यान ‘चाचा शिकागो’ ले पनि लिए सन्यास, घनिष्ट थियो सम्बन्ध

– धोनीले गरेको ५ निर्णय जसले सबैलाई चकित बनाएता पनि भारतलाई खेल जिताएको थियो

– धोनीले बनाएका ८ ठुलो किर्तिमान

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy