“२०२१ टि-२० विश्वकप जित्न भारतलाई धोनी चाहिदैन” आकाश चोपडा

पुर्व भारतीय ब्याट्सम्यान तथा चर्चित कमेन्टेटर आकाश चोपडाले भारतीय क्रिकेट टिमले आगामी वर्ष हुने टि-२० विश्वकपमा महेन्द्र सिंह धोनी बिना खेल्न मुस्किल नहुने बताएका छन्। चोपडाका अनुसार २०२१ टि-२० विश्वकपमा धोनीको काँधमा भरोसा नगरी भारतीय क्रिकेट टिम आफ्नो दममा अगाडी बढ्न सक्छ।

चोपडालाई एकजना दर्शकले २०२१ टि-२० विश्वकपमा भारत धोनी बिना पनि खेल्न सक्छ ? भन्ने प्रश्न गरेका थिए। यसको जवाफ दिने क्रममा चोपडाले भारतीय टिममा आगामी विश्वकप धोनी बिना खेल्ने क्षमता रहेको बताएका हुन्। यस्तै उनले २०२१ को अन्त्य तिर विश्वकप आयोजना हुने हुनाले धोनीलाई समावेश गर्नु सहि विचार नहुने पनि बताए।

“इमान्दार भएर भन्छु, मलाई लाग्छ हामि धोनी बिना पनि खेल्न सक्छौं। किनकि हामि २०२१ को कुरा गरिरहेका छौँ।” चोपडाले बताए।

चोपडाले यो पनि बताए कि धोनी हुँदा टिमलाई फाइदा भएता पनि धोनीको विश्वकप खेल्ने मनसाय छ या छैन पनि टिमले बुझ्नु पर्ने धारणा व्यक्त गरेका छन्।

“विश्वकप भारतमा आयोजना हुँदैछ त्यसैले पक्कै तपाई धोनीलाई खेलेको हेर्न चाहनुहुन्छ। तर पहिलो कुरा धोनी खेल्न चाहन्छन् ? म भनिरहेको छु कि मलाई लाग्छ उनि खेल्न चाहदैनन्।”

धोनीले अन्तिम पटक २०१९ एकदिवसीय विश्वकप खेलेका थिए

चोपडाले धोनीले खेल्न चाहेता पनि अझै १ वर्षको समय बाँकी रहेको र उनि बिना पनि खेल्ने बानि भारतीय टिमले गर्नुपर्ने बताए।

“धोनी खेन तयार भएता पनि अझै १ वर्षको समय छ। त्यसैले धोनी बिना खेल्न अब बानि गर्नुपर्छ। मलाई लाग्छ उनि टिममा नभए पनि भारतले विश्वकप जित्न नसक्ने भन्नेछैन।” उनले थपे।

उमेरले ३९ पार गरिसकेका धोनीले अन्तिम पटक गत वर्ष न्युजिल्यान्ड बिरुद्ध एकदिवसीय विश्वकपको सेमीफाइनलमा भारतको लागि खेलेका थिए। त्यसपछि धोनी सबै खाले क्रिकेटबाट टाढा रहेका छन्। युएईमा  सेप्टेम्बर १९ देखि सुरु हुने १३ औं सिजनको आईपीएलमा धोनी लामो समय पछि मैदानमा देखिनेछन्।

धोनी मैदान बाहिर रहंदा धेरैले बिभिन्न थरि आंकलन गरिरहंदा धोनीले भने अहिलेसम्म आफ्नो मुख खोलेका छैनन्। त्यसैले पनि धोनीको आईपीएलमा फिटनेस र प्रदर्शन कस्तो रहनेछ भन्ने प्रतिक्षा सबैको रहेको छ।

सम्बन्धित :-

‘जबसम्म टिमको छिटो दगुर्ने खेलाडीलाई हराउछु तबसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा योग्य मान्छु’- धोनी  

धोनी भन्दा आधा भन्दा कम खेल खेल्दै मोर्गनले तोडे धोनीको वर्ल्डरेकर्ड

सन्दिप लामिछाने सहित सिपिएल टि-२० खेल्न यात्रा गर्ने १६२ जनाको रिपोर्ट नेगेटिभ

यासिर शाहलाई अपशब्द बोल्दा आफ्नै पिताद्वारा ब्रडलाई कारवाही, पढ्नुस के भएको थियो

२०२० मा नेपालले विश्वकप लिग-२ को खेल नखेल्ने, सर्ने भयो प्रशिक्षण

सुबास खकुरेलले खेलेका ९ उत्कृस्ट इनिंग





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]