आमिर अख्तरलाई क्यानको जवाफ

पूर्व राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग ( ईपीएल ) का प्रवन्ध निर्देशक आमिर अख्तरले दुई दिन अघि नेपाल क्रिकेट संघ ( क्यान ) लाई ईमेल पठाउदै क्यान सदस्य र राष्ट्रिय टिमका कप्तान बलियो नेपाल अभियानमा आवद्ध भएकोमा अनुसन्धान गर्न माग गरेका थिए। क्यान सदस्य र खेलाडी एकसाथ अघि बढ्नुले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने र आगामी दिनमा भ्रष्टचारको सम्भावना बढ्ने अख्तरको धारणा रहेको थियो।

अख्तरले क्यानका केन्द्रिय सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल लगायत राष्ट्रिय क्रिकेटर एकै क्षेत्रमा उपस्थित भएर व्यापारको एकै प्लेटफर्ममा आबद्ध हुन नहुने बताउदै क्यान अध्यक्ष चतुर बहादुर चन्द सहित सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन बहादुर सिंह, प्रबन्ध निर्देशक रौनक मल्ल तथा क्रिकेट निर्देशक विनोद दासलाई पत्र इमेल गरेका थिए। अख्तरले ४८ घण्टा भित्र क्यानले उक्त ईमेलको जवाफ नदिए अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आइसीसी ) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि ईमेल फरवार्ड गर्ने बताएका थिए।

अख्तरले ईमेलमा लेखेका थिए – “छुम्बी लामा क्यानका बोर्ड सदस्य र राष्ट्रिय कप्तान सहित वर्तमान क्रिकेटरहरु व्यापारको एकै मंचमा छन्, खेलाडी र बोर्ड सदस्य संगै व्यापारमा प्रत्यक्ष संलग्नतालाई क्यानले अनुमति दिन्छ ? म नेपाली क्रिकेटलाई सफा राख्न चुनाव जितेका अध्यक्ष र सचिवसंग कुराकानी गरिरहेको छु। क्रिकेटमा यो किसिमको नैतिक अभ्यास हुनुलाई प्रश्न उठाउनु उचित हुन्छ अन्यथा यसले भ्रस्टाचारलाई हौसला दिन्छ। पूर्व क्रिकेटर र सरोकारवाला हुनुको नाताले कुनै पनि दुरुपयोगको जानकारी क्यानलाई गराउनु हो। कागजी कार्य मिलेको खण्डमा म गलत पनि हुन सक्छु तर अनुसन्धान गर्न लायक छ।”

अख्तरको ईमेल र क्यान सदस्य लामा सहित कप्तान मल्ल र खड्काको बिज्ञप्ति पछि नेपाल क्रिकेट संघले आमिर अख्तरको ईमेलको जवाफ पठाएको छ। उक्त ईमेल विकेटनेपालले पनि प्राप्त गरेको छ। क्यानले यो विषयमा ध्यानाकर्षण गरेकोमा आमिरलाई धन्यवाद दिंदै क्रिकेटलाई स्वच्छ राख्ने जसको बिपरित क्रियाकलापलाई मान्यता नदिने बताएको छ।

“यो विषयमा क्यानको ध्यानाकर्षण गरेकोमा धन्यवाद। क्यान क्रिकेट स्वच्छ राख्न र क्रिकेटको हित बिपरित हुने कार्य रोक्न प्रतिबद्ध छ।” अख्तरलाई लेखिएको ईमेलमा उल्लेख छ।

यस्तै ईमेलमा प्रबन्ध निर्देशक रौनक मल्ल तथा क्रिकेट निर्देशक विनोद दासलाई सम्बोधन गर्दै क्यानले भर्खरै पारित गरेको आचारसंहितालाई अध्यानन गरेर त्यसबारे सरोकारवालालाई सुचित गर्न निर्देशन दिएको छ – “क्यानद्वारा भर्खरै पारित आचारसंहिता मध्येनजर राखेर हामीले स्वभावत आचारसंहिता भंग भएको क्षेत्र खोजौ र अध्ययन गरौँ। हामीले बारम्बार छलफल गरे जस्तै क्यानले सबै सरोकारवालाहरुलाई आचारसंहिता बारे सुचित गर्नु जरुरि छ। यो कार्य सक्दो चाडो सुरु गरौँ जसले गर्दा अनैतिक गतिविधिहरु निरुत्साहित हुनेछ।”

क्यानको ईमेल

अख्तरले क्यानलाई पत्र पठाएपछि क्यान सदस्य छुम्बी लामा, कप्तान ज्ञानेन्द्र मल्ल र राष्ट्रिय क्रिकेटर तथा पूर्वकप्तान पारस खड्काले अख्तरले क्यानलाई पठाएको पत्र बारे ध्यानाकर्षण भएको बताउदै बिहिबार संयुक्त बिज्ञप्ति जारि गरेको थियो-





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]