वार्नर प्लेयर अफ द टुर्नामेन्ट घोषित भएको अख्तरलाई चित्त बुझेन

टि-२० विश्वकप २०२१ को प्लेयर अफ द टुर्नामेन्ट डेभिड वार्नरलाई घोषित गरेपछि पाकिस्तानी पूर्व क्रिकेटर शोयब अख्तरले आईसीसीको निर्णयको बिरोध गरेका छन्।

वार्नरको स्थानमा पाकिस्तान कप्तान बाबर आजमलाई उत्कृस्ट घोषित गर्नुपर्ने अख्तरले ट्वीट गर्दै बताएका छन्।  “म बाबर आजम प्लेयर अफ द टुर्नामेन्ट भएको हेर्न चाहन्थे। पक्कै पनि आईसीसीको अनुचित निर्णय” उनले लेखेका छन्।


अस्ट्रेलियन कप्तान आरोन फिंचले पनि खेल पछि अन्तर्वार्तामा आफ्नो प्लेयर अफ द टुर्नामेन्ट लेग स्पिनर एडम जाम्पा भएको बताए- ” मेरो लागि जाम्पा प्लेयर अफ द टुर्नामेन्ट हो जसले खेललाई नियन्त्रणमा राख्दै ठूला विकेटहरु लिए , गजबको खेलाडी।” जाम्पा प्रतियोगिताको दोश्रो सर्वाधिक विकेटकर्ता हुँदा ७ खेलमा १२.०७ को औशत र १२.४ को स्ट्राइक रेटमा १३ विकेट हात पारे।

पाकिस्तान अस्ट्रेलियासंग सेमीफाइनलमा पराजित हुँदै विश्वकपबाट बाहिर भएको थियो। यस क्रममा आजमले ६ खेलमा ४ वटा अर्धशतक प्रहार गर्दै ६०.६ को औशतमा ३०३ रन बनाएका थिए। आजम प्रतियोगिताकै सर्वाधिक रनकर्ता पनि हुन्। आजम पछि दोश्रो सर्वाधिक रनकर्ता डेभिड वार्नरले ७ खेलमा ३ अर्धशतक बनाउदै ४८.१६ को औशतले २८९ रन बनाएका थिए।

वेस्टइन्डिज  क्रिकेटर शर्फेन रुदरफोर्डले पनि आजम उत्कृस्ट घोषित नहुँदा ट्वीटमा आश्चर्य प्रकट गरेका छन् “चकित छु कि बाबर आजम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएनन्।”

प्लेयर अफ द टुर्नामेन्ट घोषित वार्नरले न्युजिल्यान्ड बिरुद्ध फाइनलम ३८ बलमा ४ चौका र ३ छक्का मद्दतले ५३ रन बनाएका थिए। यस्तै वार्नरले सेमीफाइनलमा पाकिस्तान बिरुद्ध ४९ रन बनाएका थिए। उनले सुपर-१२ चरणमा वेस्टइन्डिज विरुद्ध अविजित ८९ रन तथा श्रीलंकासंग ६५ रन बनाएका थिए।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]