आलम उत्कृस्ट खेलाडी हुँदा, युथ एकेडेमीलाई उपाधि

२०७५ आश्विन १२, शुक्रबार १९:५१

  • विकेटनेपाल, १२ असोज, झापा ।

झापाको सुरुंगामा संचालित प्रदेश स्तरीय नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न फाईनलमा सप्तरीको युथ क्रिकेट एकेडेमीले मोरंगको वाईआरसिसिलाई ३ विकेटले पराजित गर्दै उपाधी माथी कब्जा गरेको छ।

टस जिति पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै वाईआरसिसिले निर्धारित २० ओभरको खेलमा ९ विकेटको नोक्सानीमा १ सय ३२ रनको योगफल तयार पारेको थियो।

कुनै समय ४९ रनमै ६ विकेट गुमाएको वाईआरसिसिका लागि सिद्धान्त लोहनी तथा अमर सिंह रौटेलाले सातौँ विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए। सिद्धान्तले ४ चौका मद्धतले ३७ बलमा ३३ तथा अमरले २७ बलमा १ छक्का र १ चौका मद्धतले २५ रनको योगदान दिए। श्रवन यादवले अविजित १८ तथा अजय राजवंशीले १४ रनको योगदान दिए।

बलिंगतर्फ युथ एकेडेमीका फिरदोश अन्सारीले घातक बलिंग गर्दै ४ ओभरमा २१ रन दिई महत्वपुर्ण ३ विकेट लिए भने दिव्यांसु मलिकले २ तथा बिवेक यादव, हासिम अंसारी र महवुव आलमले सामान १ विकेट लिए।

महबुब आलम प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भए

१ सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा युथ एकेडेमीले किर्तिमानी खेलाडि महवुव आलमलाई पहिलो बलमा मंजित श्रेष्ठको बलमा बोल्ड आउट हुँदै गुमाउन पुग्यो।

आलमको विकेट पछि हासिम अंसारीले पारि सम्हाले पनि अर्को किनारमा लगातार विकेट गुम्न पुग्यो। हासिमले ३७ बलमा ७ चौक्काको मद्धतले ३९ रनको योगदान दिए भने मध्य क्रममा पुष्प थापाले १६ तथा बिवेक यादवले २४ रनको योगदान दिए। एक समय १ सय रनमै ७ विकेट गुमाएका युथलाई जित दिलाउन युथका युवा खेलाडिहरु विवेक यादव वाहेक बिकास दासले अविजित ११ बलमा २ छक्काको मद्धतले २० तथा फिरदोस अंसारीले नटआउट रहि ९ बलमा १ चौक्काको मद्धतले १२ रनको योगदान दिएका थिए।

खेलको म्यान अफ द म्याच युथ एकेडेमी हासिम अंसारी हुँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडि युथ क्रिकेट एकेडेमीमा किर्तिमानी खेलाडि महवुव आलम घोषित भए। त्यसै गरि युथ क्रिकेट एकेडेमीकै अमित यादव बेष्ट व्याट्सम्यान तथा वाईटवास क्रिकेट एकेडेमीका दिपेश कंडेल वेष्ट बलर घोषित भए।

बिजेता टिमलाई ५१ हजार तथा उपबिजेता टिमलाई ३१ हजार द्धारा पुरस्कृत समेत गरिएको जानकारी सप्तरी क्रिकेट संघका सदस्य बिरेन्द्र यादवले जानकारी गराउनु भएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy