खुकुरी कप : फाइटरलाई जिताउन मेहबुब आलमको उत्कृस्ट बलिंग

  • विकेटनेपाल, २० माघ- शनिबार 

काठमाडौँमा जारि खुकुरी च्यालेन्जर्स टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भएका २ वटा खेलहरुमा रोयल पिसी फाइटर र बालुवाटार क्रिकेट क्लबले जित दर्ता गरेका छन्।

मेहबुब आलमको बलिंगमा पिसी फाइटरको सहज जित 

मुलपानी मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको लर्ड बुद्ध क्रिकेट क्लबले ६६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

मात्र १३.४ ओभरमा लर्ड बुद्धको इनिंग समाप्त गर्न कीर्तिमानी रास्ट्रिय क्रिकेटर मेहबुब आलम एक्लैले ४ विकेट हात पारेका थिए। ४ ओभर बलिंग गरेका आलमले मात्र ११ रन खर्चदै लर्ड बुद्धको इनिंग ध्वस्स्त पारे। यस्तै दिपेश खत्रले पनि किफायती बलिंग गर्दै ३ विकेट( ४-१-९-३ )  हात पारे भने शमशेर चन्दले २ विकेट आफ्नो नाम गरे।

म्यान अफ द म्याच मेहबुब आलम

६७ रनको लक्ष फाइटरले ८.५ ओभरमा मात्र २ विकेट गुमाई पुरा गर्यो। ओपनर रबिन जोशीले अविजित ४३ रनको इनिंग खेल्दै टिमको जित सहज बनाए। जोशीले मात्र २९ बल खेल्दै ९ चौका प्रहार गरे। दिपेश खत्री ९ तथा लामो समय पछि कमब्याक गरेका सुबास खकुरेल २ रनमा विकेट गुमाएपछि सन्दिप सुनारले अविजित ७ रन बनाए।

खेलको स्कोरकार्ड 

अंकतालिका 

Group B

TEAM MATCH WIN LOSS NO RESULT POINTS
Baluwatar Cricket Club 2 2 0 0 6
Royal PC Fighter 1 1 0 0 3
IOE Pulchowk 2 1 1 0 3
Lord Buddha Cricket Club 1 0 1 0 0
Trimurty Boys 1 0 1 0 0

दोश्रो खेल : बालुवाटार क्रिकेट क्लब र आईओई पुल्चोक 

आजै भएको दोश्रो खेलमा बालुवाटार क्रिकेट क्लबले आईओई पुल्चोकलाई रोमान्चक अन्तिम बलमा १ विकेटले पराजित गरेको थियो।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको आईओई पुल्चोकले ८६ रनको योगफल तयार पार्न १९.५ ओभरमा सबै विकेट गुमाएको थियो । उसका लागि अमन नाथ मण्डलले ३० रन बनाउन ३४ बलमा ५ चौका प्रहार गरेका थिए । त्यस्तै चिरिन्जीबी पाण्डे र दिनेश ठगुन्नाले समान १० रन बनाएपनि अन्य खेलाडीहरुले दोहोरो अंक छुन सकेनन् ।

आईओई पुल्चोकका ६ जना खेलाडीहरु रन आउटको सिकार भएका थिए भने क्षितिज सिंहले २ विकेट तथा अमर सिंह रौटेला र कृष्ण कार्कीले समान १/१ विकेट हात पारेका थिए ।

म्यान अफ द म्याच क्षितिज सिंह

जवाफमा उत्रेको बालुवाटार क्रिकेट क्लबले अन्तिम बलमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । उसका लागि अमर सिंह रौटेला ले २३ रन बनाउन २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै अतिरिक्त १४ रन पाएको बालुवाटारको लागि क्षितिज सिंहले अविजित १३ रन प्रहार गर्दै खेल जिताए । प्रकाश चन्द १ रनमा अविजित रहे ।

बलिंगमा आईओई पुल्चोकका सुबाश अर्यालले ३ विकेट तथा चिरिन्जीबी पाण्डे र नवराज न्योपानेले २/२ विकेट लिए पनि खेल जिताउन सकेनन् ।

खेलको स्कोरकार्ड 

भोलि (शनिबार) हुने खेलहरु :

पहिलो खेल – केसीटिसी र मलपोखरी क्रिकेट क्लब
दोश्रो खेल – नेपाल क्रिकेट स्कुल र त्रिभुवन आर्मी क्लब

खुकुरी इन्टरटेन्मेन्टको आयोजनामा सुरु भएको प्रतियोगिताको बिजेताले ३ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पाउने छ। यस्तै उत्कृस्ट खेलाडीले २० हजार तथा बलर/ब्याट्सम्यानले १०/१० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

कुल २० टिम सहभागी रहेको प्रतियोगिता २४ दिनसम्म चल्नेछ। २० टिमलाई ४ वटा समुहमा बिभाजन गरेर लिग-कम नक-आउट फर्म्याटमा खेलाइनेछ। प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा संचालन हुनेछ भने क्वार्टरफाइनल खेलहरु मुलपानी मैदानमा खेलिनेछ।

सहभागी टिम र समुह

समूह ‘ए’ : काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर , अल्टिमेट इन्डोर क्रिकेट, आरसिए प्युठान च्यालेन्जर्स, शान्तिनगर युवा क्लब, मलपोखरी क्रिकेट क्लब

समूह ‘बी’ : आई.ओ.ई. पुल्चोक, रोयल पिसी फाईटर्स, लर्ड बुद्ध क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब, त्रिमुर्ति व्वाइज

समूह ‘सी’ : ओएसिस क्रिकेट एकेडेमी, ग्रेट हिमालय क्रिकेट एकेडेमी, आई.ओ.ई थापाथली, नेपाल क्रिकेट स्कुल, त्रिभुवन आर्मी क्लब

समूह ‘डी’ : टिकापुर क्रिकेट, रौतहट-११, मकवानपुुर क्रिकेट क्लब, बुटवल क्रिकेट ब्वाइज, इन्टर- डिस्ट्रिक्ट क्रिकेट क्लब





थप समाचार

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]

एलपीएल : युथ अफ टिकापुर र सत्यवती एकेडेमी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]