आलमले धारिलो बलिङ्ग गर्दा ओएसीस सेमीफाइनलमा :आरपीएल टि-२०

Mehboob Alam man of the match
  • विकेटनेपाल, असोज २०  – रौतहट 

रौतहट प्रिमियर लिग टि-२० प्रतियोगिता अन्तर्गत शनिबार क्वार्टरफाइनल खेलहरु सम्पन्न भएका छन्।

पहिलो क्वार्टर-फाइनलमा धनगढी क्रिकेट एकेडेमीलाई मलपोखरी क्रिकेट क्लबले पराजित गर्यो भने दोश्रो क्वार्टर-फाइनलमा ओएसीस क्रिकेट एकेडेमीले रौतहट-११ लाई पराजित गर्दै सेमी-फाइनलमा स्थान बनाएका छन्।

पहिलो क्वार्टरफाइनल : धनगढी मलपोखरीसंग निराश 

टस जितेर ब्याटिंग गरेको धनगढीले १९.२ ओभरमा ११८ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेपछि ११९ रनको लक्ष्य मलपोखरीले १४.१ ओभरमा १ विकेट मात्रै गुमाएर भेट्यो।

खराब ब्याटिंग गरेको धनगढीको लागि पवन कार्कीले सर्वाधिक २८ रन तथा दिपेन्द्र थापाले २२ रन योगदान दिएका थिए। कप्तान भुवन कार्की ( ० ) र राजु रिजाल ( २ ) सस्तैमा आउट हुन पुग्दा धनगढीले ठुलो योगफल बनाउन सकेन। मलपोखरीको लागि कमल खति र कमल ओलीले समान ३/३ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा खडक बोहराले अविजित ५९ तथा सोहन यादबले ३२ रन बनाएर मलपोखरीलाई सजिलै लक्ष्यसम्म पुर्याएका थिए। खडकले ४५ बलमा २ छक्का र ५ चौका प्रहार गरे जो खेलको प्लेयर अफ द म्याच समेत चुनिन पुगे।

दोश्रो क्वार्टरफाइनल : आलमको धारिलो बलिङ्गमा ओएसीसको जित 

टस जितेर ब्याटिंग रोजेको रौतहट-११ ले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र ८४ रन बनाउन सक्यो। ८५ रनको लक्ष्य ओएसीसले १४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

jitendra mukhiya
जितेन्द्र मुखियाले ३ विकेट लिए पनि जित दिलाउन भने सकेनन्। ( फाइल फोटो )

ओएसीसको जितमा बलिङ्गतर्फ कीर्तिमानी राष्ट्रिय क्रिकेटर मेहबुब आलम ( ४-१-७-३ ) र पुष्प थापा ( ४-०-१२-३ ) ले ३/३ विकेट हात पारे।

लक्ष्य पछ्याउने क्रममा हरि चौहानले सर्वाधिक अविजित २० रन बनाए भने सुरज पटेलले १९, मेहबुब आलमले १४ रन योगदान दिए। रौतहट-११ बलर जितेन्द्र मुखियाले ३ विकेट लिए पनि जित दिलाउन भने सकेनन्।

मेहबुब आलम खेलको प्लेयर अफ द म्याच समेत चुनिए।

प्रतियोगिता अन्तर्गत आइतबार हुने क्वार्टरफाइनल खेलहरुमा नेपाल पुलिस क्लब र नेक्सस क्रिकेट एकेडेमी तथा महाकाली क्रिकेट एकेडेमी तथा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]