शाहब आलम बने डिपिएलमा ह्याट्रिक लिने पहिलो बलर

२०७४ चैत्र १७, शनिबार १६:०४

  • फोटो फिचर : शाहब आलम (फाइल फोटो)

विकेटनेपाल -१७ चैत्र, शनिवार | धनगढीमा आजबाट सुरु भएको धनगढी प्रिमियर लिगको दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोल्डेन्स र टिम चौराहा धनगढी भिड्दै छन् । टस हारेर ब्याटिंग गरेको चौराहाले काठमाडौंलाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

यसैबीच काठमाडौं गोल्डेन्सका शाहब आलम डिपिएल इतिहासमा ह्याट्रिक लिने पहिलो बलर बनेका छन् । प्रतियोगिताको पहिलो संस्करणमा कुनैपनि बलरले ह्याट्रिक लिएका थिएनन् । दोस्रो संस्करणको भने पहिलो खेलमा नै आलमले ह्याट्रिक प्राप्त गरेका हुन् । टस हारेर ब्याटिंग गरेको चौराहाले उत्कृस्ट ब्याटिंग गर्दै ठुलो स्कोर तर्फ लम्कँदै गर्दा आलमले लगातार ३ विकेट चट्काउँदै काठमाडौंलाई खेलमा फर्काएका थिए।

पहिलो संस्करणमा समेत आलमको प्रदर्शन उत्कृस्ट रहेको थियो

 

इनिंगको १८ औं ओभर बलिंग गर्न आएका आलमले ओभरको तेस्रो बलमा व्यक्तिगत ६८ रन बनाएर खेलिरहेका सुनिल धमलालाई स्टम्प आउट गराएका थिए । ओभरको चौथो बलमा चौराहाका कप्तान सोमपाल कामी खाता नखोली पभेलियन फर्किए । उनि आलमको बलमा ज्ञानेन्द्र मल्लको हातबाट समातिएका थिए । ओभरको पाँचौं बलमा सोनु तामांगलाई ज्ञानेन्द्र मल्लको हातबाट आउट गराउंदै आलमले ह्याट्रिक पुरा गरे । खेलमा आलमले आफ्नो ४ ओभरमा २३ रन खर्चेर ३ विकेट चट्काए ।

खेलाडी छनौटका लागि आयोजित अक्सनमा काठमाडौं गोल्डेन्सले आलमलाई १ लाख रुपैयाँमा अनुबन्धन गरेको थियो । पहिलो संस्करणमा रुपन्देही च्यालेंजर्सको प्रतिनिधित्व गरेका आलमले त्यस सिजनमा समेत उत्कृस्ट प्रदर्शन गरेका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy