किर्तिमानी खेलाडी महबुव आलमकाे नेतृत्वमा सप्तरी टिमकाे घाेषणा

राजबिराज १ पुष

सप्तरी क्रिकेट सँघ ले प्रधानमंन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत राजबिराजमा संचालन हुने प्रादेशस्तरिय पुरूष सिनियर क्रिकेट छनाेट प्रतियाेगिता मा सहभागिता का लागि सप्तरी सिनियर टिमकाे छनाेट गरिएकाे छ।

बिहिवार राजबिराज स्थित राजरंगशाला खेलमैदान तीन दिन देखि चलिरहेकाे बन्द परिक्षण वाट महबुब अालम काे कप्तानीमा १५ सदस्यीय टाेलीकाे चयन गरिएकाे सप्तरी क्रिकेट सँघ ले जनाएकाे छ।

चयन गरिएकाे खेलाडीहरूमा महबुव अालम( कप्तान) अाशिष झा( उपकप्तान/किपर) अमित यादब, राेहन बिक, राेहित सिँह, राेबिन सिँह, नितेश यादब(A) धिरज मण्डल, अजय यादब रहेका छन्।

यसैगरी टाेलीकाे अन्य सदस्यमा निरज यादब, बिकास दास (A) अमित मण्डल, पप्पु यादब, भाेला साह रहेकाे छ भने बैकल्पिक खेलाडीहरूमा नितेश यादब(B) बिकास दास ( B) अभिषेक कार्की लाई राखिएकाे खेलाडी छनाेट समितिका सदस्य राेसन मण्डलले जानकारी गराएका छन्।

यता पुस ३ गते देखि भनिएकाे प्रादेशिक स्तरिय पुरूष क्रिकेट छनाेट प्रतियाेगिता प्राबिधिक कारण पुस महिना काे दाेस्राे हप्ता देखि राजबिराज स्थित राजरंगशाला खेलमैदान र मबिव क्याम्पस मैदानमा गर्ने सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी दिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy