एलेस्टर कुकद्वारा सन्यासको घोषणा

  • विकेटनेपाल,भदौ १८ 

इंग्ल्याण्ड क्रिकेट टिमका पूर्व कप्तान एलेस्टर कुकले भारतबिरुद्ध जारि टेस्ट शृंखला अन्तर्गत अन्तिम ओभल टेस्ट पछि अन्तर्रास्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।

इंग्ल्याण्डको लागि टेस्ट क्रिकेटमा कुल १२, २५४ रन तथा देशकै सबैभन्दा बढी १६१ टेस्ट खेलेका कुक पछिल्लो समय निकै खराब लयबाट गुज्रिरहेका छन्। कुकले जारि सिरिजमा एउटा पनि अर्धशतक प्रहार गरेका छैनन् भने ४ वटा टेस्टमा मात्र १०९ रन बनाउन सकेका छन्।

अन्तर्रास्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरे पनि कुक घरेलु क्रिकेटमा एसेक्सको लागि भने खेल्नेछन्।

“पछिल्लो केहि महिना देखिको निरन्तर सोच र विश्लेषण पछि मैले भारतसंगको सिरिज पछि सन्यास लिने घोषणा गरेको छु” कुलले सोमबार जारि गरेको वक्तब्यमा भनेका छन् –

“यो दुखद दिन हो, यद्धपि म मुहारमा हाँसो सहित भन्न सक्छु कि मैले मसंग भएको सम्पूर्ण क्षमताको प्रदर्शन गरेको छु। मैले सोचेको भन्दा धेरै प्राप्त गरेको छु र म धन्य छु कि इन्ग्यांड क्रिकेट टिममा यति लामो समय धेरै महान क्रिकेटहरुसंगै खेल्ने मौका पाएको छु। म मेरो टिमको साथीहरुसंग पुनः ड्रेसिंग रुम शेयर गर्ने छैन् भन्ने सोच्नु मेरो घोषणामा सबैभन्दा गाह्रो पक्ष थियो”

३३ बर्ष उमेरका कुकले सन् २००६ मा भारत बिरुद्धको नागपुर टेस्टबाट करियरको सुरुवात गरेका थिए जुन टिमसंगनै करियरको अन्तिम खेल समेत खेल्नेछन्।

टेस्ट क्रिकेटमा कुकले १६० खेलको २८९ इनिंगमा १२,२५४ रन बनाएका छन् जसमा ३२ टेस्ट र ५६ अर्धशतक सामेल छ। यस्तै ९२ एकदिवसीयमा उनले ४,१५४ रन बनाउने क्रममा ५ शतक र १९ अर्धशतक प्रहार गरेका छन्। मात्र ४ टि-२० अन्तर्रास्ट्रियमा उनले ४ खेलमा ६१ रन बनाएका छन्।

टेस्ट क्रिकेटमा धेरै रन बनाउने सुचीमा कुक छैठौँ स्थानमा छन् जुन सुचीको शिर्ष स्थानमा सचिन तेन्दुलकर ( १५, ९२१ ), रिकी पोंटीङ्ग ( १३,३७८ ), ज्याक कालिस ( १३,२८९ ), राहुल द्रविड ( १३,२८८ ), कुमार संगाकारा ( १२,४०० ) कुक भन्दा अघि छन्। कुल ३२ टेस्ट शतक बनाएका कुक टेस्टमा धेरै शतक बनाउने सुचीको ११ औँ स्थानमा छन्।

कुकले ५९ टेस्टमा इंग्ल्याण्डको लागि कप्तानी समेत गरेका छन् जसमध्ये २४ टेस्टमा इंग्ल्याण्डले जित हाँसिल गरेको थियो। भारत र इन्ग्यांड बीच अन्तिम टेस्ट सेप्टेम्बर ७ देखि सुरु हुनेछ जसपछि इंग्ल्याण्डले देशका महान क्रिकेटरलाई बिदाई गर्नेछ।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy