लागु औषध सेवन गर्दा एलेक्स हेल्स विश्वकप खेल्ने प्रारम्भिक टोलीबाट बाहिर

  • विकेटनेपाल – १६ बैशाख, सोमबार

इंग्ल्याण्डले आफ्नो एक दिवसीय क्रिकेट टोलीका नियमित ओपनर ब्याट्सम्यान एलेक्स हेल्सलाई आउँदो एक दिवसीय विश्वकप खेल्ने टोलीबाट हटाएको छ। अघिल्लो हप्ता विश्वकपका लागि सार्वजनिक गरिएको इंग्ल्याण्डको टोलीमा हेल्सको समेत नाम रहेको थियो।

हेल्सलाई इंग्ल्याण्ड क्रिकेट बोर्ड र खेलाडी छनोट समितिको मिश्रित निर्णयका आधारमा आफ्नो टोलीबाट हटाइएको हो। योसंगै अब हेल्स आयरल्याण्ड बिरुद्धको एक दिवसीय खेल, पाकिस्तान बिरुद्धको एक दिवसीय शृंखला, टि-२० अन्तर्राष्ट्रिय शृंखला र २०१९ विश्वकपको प्रारम्भिक टोलीको हिस्सा रहने छैनन्।

केहि दिनअघि मात्र एलेक्स हेल्सलाई उत्तेजनक लागु औषध प्रयोग गरेको आरोपमा क्रिकेट बोर्डले २१ दिनको निलम्बन लगाएको थियो। मैदान बाहिर लागु औषध प्रयोग गरेको आरोप लागेका हेल्सको मेडिकल रिपोर्ट समेत उनको बिपक्षमा आएपछि उनलाई २१ दिनको निलम्बन लगाइएको थियो।

सोहि घटनाको फलस्वरूप हेल्सलाई इंग्ल्याण्ड क्रिकेट बोर्डले आफ्नो टोलीबाट समेत हटाउने निर्णय लिएको हो। इंग्ल्याण्ड पुरुष क्रिकेटका प्रबन्ध निर्देशक एश्ली गिल्सले इंग्ल्याण्ड टोलीको वातावरण सहि कायम राख्न यो निर्णय लिएको बताए।

उनले भने, ” हामीले यस निर्णयका बिषयमा धेरै लामो समयसम्म सोच्यौं। हामीले इंग्ल्याण्ड क्रिकेटको वातावरण सहि राख्न धेरै दुख गरेका छौं र टोलीका लागि कस्तो अवस्था ठिक हुन्छ भन्ने बिषयमा समेत ध्यान दिएका छौं।”

हेल्सको यो प्रतिबन्ध उनका लागि चेतवानी रहेको र इंग्ल्याण्डको क्रिकेटरका रुपमा उनको करियर अझै नसकिएको समेत गिल्सले जोडे।

उनले थपे, ” म यो कुरा प्रस्ठ्याउन चाहन्छु कि इंग्ल्याण्डको राष्ट्रिय क्रिकेटरका रुपमा हेल्सको करियरको यो अन्त्य होइन। बोर्डले हेल्सलाई सहयोग गर्नेछ र उनको क्रिकेटरका रुपमा आउँदो दिन सहज बनाउन काम गर्नेछ।

हेल्सको स्थानमा इंग्ल्याण्डले छिट्टै नयाँ खेलाडीको घोषणा गर्नेछ।

३० बर्षीय हेल्सले सन् २०१४ मा एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे यता ७० खेलमा २४१९ रन जोडेका छन्। ३७.७९ को ब्याटिंग औसत तथा ९८.७२ को स्ट्राइक रेट रहेका हेल्सको नाममा ६ एक दिवसीय शतक तथा १४ अर्ध-शतक रहेको छ।

विश्वकप २०१९ का लागि इंग्ल्याण्डको प्रारम्भिक टोली : ओएन मोर्गन ( कप्तान ), जोन्नी बेयरस्टो, जेसन रोए, जो रुट, लियम प्लन्केट, आदील रशिद, मार्क वुड, बेन स्टोक्स, मोइन अली, क्रिस वोक्स, टम करन, जो डेन्ली, डेभिड विल्ली, जस् बट्लर

Photo and News Source : ESPN





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]