एलेक्स हेल्सको प्रदर्शनमा भारतसँगको सिरिज बराबरी

  • विकेटनेपाल, असार २३ – शनिबार

भारतको इंग्ल्याण्ड भ्रमण अन्तर्गत सम्पन्न दोश्रो टि२० खेलमा इंग्ल्याण्डले भारतलाई २ बल अगावै ५ विकेटले पराजित गर्दै सिरिजमा १-१ को बराबरी गरेको छ। यसअघि भएको पहिलो खेलमा भारतले इंग्ल्याण्डलाइ ८ विकेटले पराजित गरेको थियो।

इंग्ल्याण्डको जितमा एलेक्स हेल्सले अविजित ५८ रन बनाउन मात्र ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै चौथो विकेटका लागि कप्तान ईयान मोर्गानसँग ४८ रनको साझेदारी गरेका थिए। मोर्गानले १७ रन बनाए त्यस्तै जोन्नी बेयारिस्टोले आक्रामक २८ रन प्रहार गर्न १८ बलमा २ छक्का प्रहार गरे। दुबै छक्का कुलदीप यादवको बलिंगमा प्रहार गरेका थिए।

भारतका लागि उमेश यादवले २ विकेट, भुवनेश्वर कुमार, हार्दिक पान्ड्य र युजवेन्द्र चाहलले समान १/१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाएको थियो। उसका लागि कप्तान विराट कोहलीले सर्बाधिक ४७ रन बनाउन ३८ बलमा १ चौका र २ छक्का प्रहार गर्दै चौथो विकेटको लागि सुरेश रैनासँग ५७ रन तथा महेन्द्रसिंह धोनीसँग पाँचौ विकेटको लागि ३२ रनको साझेदारी गर्दै स्कोर उकास्न सहयोग गरेका थिए। रैनाले २७ रन बनाउन २० बलमा २ चौका र १ छक्का प्रहार गरे। अन्तिम ओभरमा २२ रन बनाउँदै अन्तिम १८ बलमा ३६ रनको अविजित साझेदारी गर्नेक्रममा धोनीले अविजित ३२ रन तथा हार्दिक पान्ड्यले अविजित १२ रन बनाए।

भारतले कुनै समय रोहित शर्मा (५ रन), शिखर धवन (१० रन), लोकेश राहुल (६ रन) लाई गुमाउँदै मात्र २२ रन बनाएको थियो। इंग्ल्याण्डका तर्फबाट जेक बल, लियाम प्लान्केट, डेविड विलि र राशिद खानले समान १/१ विकेट लिएका थिए।

अन्तिम ३ ओभरको रोमान्चकता

इंग्ल्याण्डलाई खेल जित्नको लागि अन्तिम ३ ओभरमा मात्र २३ रनको आबश्यकता रहँदा खेल सजिलो अवस्थामा देखिएको थियो। तर आठारौं ओभरको पहिलो बलमा भुवनेश्वर कुमारले बेयारिस्टोलाई आउट गर्दै मात्र ३ रन खर्चेपछी अन्तिम २ ओभरमा २० रनको आबश्यकता थियो। उन्नाईसौं ओभरमा उमेश यादवले पनि मात्र ८ रन खर्चेपछी भुवनेश्वर कुमारले अघिल्लो ओभर राम्रो गरेकोले अन्तिम ओभरमा १२ रन बनाउने अनुमान गरिएको थियो। तर अन्तिम ओभरको पहिलो दुई बलमा अलेक्स हेल्सले १० रन प्रहार गरेपछि इंग्ल्याण्डले सजिलै जित हात पार्यो।

टि२० सिरिजको अन्तिम तथा तेस्रो खेल आइतबार जुलाई ८ तारिखमा खेलिनेछ।





थप समाचार

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]

क्यान अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने

नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौँमा हुने भएको छ । नेपाल […]

एसियन गेम्सको लागि अभ्यास सुरु

१९ औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रशिक्षण थालेको छ । नेपाली राष्ट्रिय टोलीका सदस्यले आज बुधवारदेखि त्रिवि […]