राशिद खान सहित ३ खेलाडीलाई आईसीसीको कारबाही

  • विकेटनेपाल, असोज ६ – शनिबार

संयुक्त अरब इमिरेट्स युएईमा जारि एसिया कप अन्तर्गत पाकिस्तान र अफगानिस्तान बिचको शुक्रबार सपन्न खेलमा खराब व्यबहार देखाएको भन्दै अफगानिस्तान खेलाडी राशिद खानसँगै कप्तान अस्गर अफ्गान (स्टानीक्जाई) तथा पाकिस्तान बलर हसन अली समेत कारबाहीमा परेका छन्।

अत्यन्त रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको थियो।

आबुधाबी स्थित शेख जायद मैदानमा सम्पन्न प्रतियोगिताको आठौँ खेलमा खराब ब्यबहार देखाएको भन्दै अन-फिल्ड अम्पायर अनिल चौधरी र शन जर्ज तथा तेस्रो अम्पायर रोड टकर तथा चौथो अम्पाएर अनिस-उर्-रहमानको टिमले तिनैजना खेलाडीहरुलाई आफ्नो म्याच ‘फि’ को १५ प्रतिशत जरिवाना लगाएको छ भने १ डीमेरिट अङ्क समेत दिएको छ।

पाकिस्तानका हसन अलिलाई ३३ औं ओभरमा बल ब्याट्सम्यान हज्मतुल्लाह सहिदीतर्फ फाल्दै तर्साउन खोजेको, अस्गर अफ्गानलाई ३७ ओभरमा रन लिनेक्रममा हसनको काँधमा हात ठोक्काएको तथा राशिद खानलाई ४७ औं ओभरमा आसिफ अलीलाई आउट भएपछी नराम्रो ब्यबहार देखाउँदै हात ठडाएर बाहिर पठाएको आरोपमा कारबाही गरिएको आइसीसीको मिडिया रिपोर्टमा उल्लेख छ।

Hasan Ali

यो हसन र राशिदको पहिलो कारबाही रहेको छ भने अफगानिस्तानका कप्तान अस्गर अन्तिम २४ महिनामा दोश्रो पल्ट कारबाहीमा परेका छन्। यसअघि सन् २०१७ मा जिम्बाबेसँगको खेलमा पनि उनले १ डीमेरिट अङ्क  प्राप्त गरिसकेका छन्।

हसन र अस्घर आईसीसीको कोड अफ कण्डक्टको धारा २.१.१ अनुसार खेल-भावना बिपरित काम गर्नाले तथा राशिद खान धारा २.१.७ अन्तर्गत “बिपक्षी खेलाडीलाई गरेको दुर्व्यवहारका कारण कारबाहीमा परेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियमअनुसार यदि अन्तिम २४ महिनामा खेलाडीले ४ डीमेरिट अङ्क प्राप्त गरेमा १ टेस्ट वा २ लिमिटेड ओभरको खेल गुमाउनेछन् भने ८ डी मेरिट अङ्कमा २ टेस्ट वा ४ लिमिटेड ओभरको खेलमा प्रतिबन्ध रहनेछ।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy