हैदरावादलाई झट्का, विजय शंकर लिगबाट बाहिर

२०७७ कार्तिक १५, शनिबार १७:४६

आईपीएल १३ अन्तर्गत सनराइजर्स हैदरावादका अर्का खेलाडी घाइते भएर लिगबाट बाहिर भएका छन्। टिमका प्रमुख अलराउण्डर विजय शंकर ह्याम्सट्रिनंग इन्जुरीका कारण लिगको बाँकी खेलहरु खेल्न नसक्ने भएका हुन्।

दिल्ली बिरुद्ध मंगलबारको खेलमा शंकरको समस्या सुरु भएको थियो। खेलको दोश्रो ओभरमा पाँचौ ओभरमा बलिंग गरे पछि उनको दायाँ खुट्टामा समस्या देखिएको थियो। त्यसपछि फिजियोले उनको उपचार गरेता पनि मैदान बाहिरिनु परेको थियो। त्यसपछि उनको ओभर डेभिड वार्नरले पुरा गरेका थिए। दिल्लीसंगको खेलमा रिद्दिमान शाहाको समेत ग्रोन इन्जुरी भएको कप्तान डेभिड वार्नरले जानकारी गराएका छन्।

“दुर्भाग्यवस दुइ खेलाडी घाइते भएका छन्। आशा गर्छौं साहाको समस्या गम्भीर छैन”  साहा अहिले फिट भैसकेका छन् तर शंकर भने हुन सकेनन्। यस अघि पनि शंकर लिगको सुरुवातमा ढाडको समस्या भएका कारण खेल्न सकेका थिएनन्।

अझै पनि प्ले-अफ सम्भावना कायमै राखेको हैदरावादको लागि विजय शंकर लिगबाट बाहिर हुनु ठुलो झट्काको रुपमा रहेको छ। राम्रो लयमा रहेका शंकरले ब्याटबाट राजस्थान रोयल्स बिरुद्ध जितमा खेल जिताउने अर्धशतक ( अविजित ५२ ) प्रहार गरेका थिए भने बलिंग बाट पनि उनले राम्रो प्रदर्शन गरिरहेका छन्।

यस अघि पनि हैदरावादका २ खेलाडी भुवनेश्वर कुमार र मिचेल मार्श घाइते भएका कारण लिगबाट बाहिर भएका थिए।

हैदरावादले लिगमा आगामी खेल शनिवार बैंगलोर तथा मंगलबार मुम्बई बिरुद्ध खेल्ने तालिका रहेको छ। दुवै खेल जितेको खण्डमा हैदरावाद प्लेअफ पुग्नेछ। एउटा मात्र खेल हारेको खण्डमा हैदरावाद प्लेअफ रेसबाट बाहिर हुनेछ।

यो पनि पढ्नुस 

IPL : प्लेअफमा ३ स्थानको लागि ६ टिमको प्रतिस्पर्धा, ६ खेल बाँकी, यस्तो छ सबै टिमको समीकरण

IPL : अनुशासन उल्लंघन गर्दा गेललाई कारवाही, स्वीकारे गल्ति

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy