सुरु भयो एसिया कप ( सम्पूर्ण जानकारी )

  • विकेटनेपाल,भदौ ३० 

एसिया कप क्रिकेटको चौधौं संस्करण शनिवारबाट संयुक्त अरब एमिरेट्स (युएई) मा सुरु भएको छ। ११ दिनसम्म चल्ने प्रतियोगितामा एसियाका ६ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटन खेलमा आज श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गरिरहेका छन्।

एसियाली राष्ट्रहरुका लागि सन् २०१९ को एक दिवसीय विश्वकप तयारीको रुपमा हेरिएको प्रतियोगितामा ५ टेस्ट राष्ट्र र हंगकंग सहभागी रहेका छन्। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसंगै मलेसियामा केहि साता अघि सम्पन्न छनौट प्रतियोगिताको बिजेता हंगकंगले प्रतियोगितामा भिड्दैछन्।

सहभागी ६ टोलिलाई दुई समुहमा विभाजन गरिएको छ। समुह ‘ए’ मा साबिक बिजेता भारतसंगै पाकिस्तान र हंगकंग रहेका छन्। यस्तै ग्रुप अफ डेथको उपनाम पाएको समुह ‘बि’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।

समुह चरणका खेलपछि दुवै समुहबाट शिर्ष दुई टोलि अर्को चरणमा प्रवेश गर्ने छन्। दोस्रो चरणमा सुपर ४ को खेल खेलाइने छ जसअन्तर्गत प्रत्येक टोलीले एक अर्का संग खेल खेल खेल्नु पर्नेछ। प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर २८ मा खेलिने छ।

प्रतियोगितामा सहभागी ६ टोलि मध्ये साबिक बिजेता भारत र पाकिस्तान उपाधिको प्रमुख दावेदार देखिएका छन्। यसअघि सन् २०१६ मा बंगलादेशमा सम्पन्न टि-२० फर्म्याटको एसिया कपमा भारतले बंगलादेशलाई हराउंदै प्रतियोगिताको उपाधि उचालेको थियो।

खेल तालिका – 

सेप्टेम्बर १५- बंगलादेश vs श्रीलंका (समुह ‘बि’) , सेप्टेम्बर १६ – पाकिस्तान vs हंगकंग (समुह ‘ए’)
सेप्टेम्बर १७ –  श्रीलंका vs अफगानिस्तान (समुह ‘बि’) , सेप्टेम्बर १८ – भारत vs हंगकंग (समुह ‘ए’)
सेप्टेम्वर १९ – भारत vs पाकिस्तान (समुह ‘ए’) , – सेप्टेम्बर २० – बंगलादेश vs अफगानिस्तान (समुह ‘ए’)

सेप्टेम्बर २१ – समुह ‘ए’ बिजेता vs समूह ‘बि’ उपविजेता (सुपर ४)
सेप्टेम्बर २१ – समुह ‘ए’ उपविजेता vs समुह ‘बि’ बिजेता (सुपर ४)
सेप्टेम्बर२३ – समुह ‘ए’ बिजेता vs समुह ‘ए’ उपविजेता (सुपर ४)
सेप्टेम्बर २३ – समुह ‘बि’ बिजेता vs समुह ‘बि’ उपविजेता (सुपर ४)
सेप्टेम्बर२५ – समुह ‘ए’ बिजेता vs समुह ‘बि’ बिजेता (सुपर ४)
सेप्टेम्बर २६ – समुह ‘ए’ उपविजेता vs समुह ‘बि’ उपविजेता (सुपर ४)
सेप्टेम्बर २८ – फाइनल

एसिया कप बिजेता रास्ट्रहरु

टिमहरु – 

भारत : रोहित शर्मा (कप्तान), शिखर धवन, लोकेश राहुल, अम्बाती रायडु, मनिष पाण्डे, केदार जाधव, महेन्द्र सिंह धोनी, दिनेश कार्तिक, हार्दिक पान्ड्या, कुलदिप यादव, युज्भेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, शार्दुल ठाकुर र खलिल अहमद

पाकिस्तान : सरफराज अहमद (कप्तान), फखर जमान, इमाम – उल हक, बाबर अजाम, शन मसुद, शोएब मलिक, हरिस सोहेल, शदाब खान, मोहम्मद नवाज, फहीम अश्रफ, हसन अलि, जुनैद खान, उस्मान खान, शाहिन अफ्रिदी, असिफ अलि र मोहम्मद आमिर

श्रीलंका : एन्जलो मेथ्युज (कप्तान), कुशल पेरेरा, कुशल मेन्डिस, उपुल थरंगा, थिसारा परेरा, दसुन शानका, धनन्जय डी सिल्भा, अकिला धनन्जय, दिल्ररुवान परेरा, अमिला अपोन्सो, कसुन राजिथा, सुरंगा लक्मल, दुस्मंथ चमिरा, लासिथ मलिंगा, निरोशन डीक्वेला र शेहान जयसूर्या

बंगलादेश : मश्रफे मोर्ताजा (कप्तान), शाकिब अल हसन, तामिम इक्बल, मोहम्मद मिथुन, लिटोन दास, मुश्फिकुर रहिम, अरिफुल हक, महाम्दुल्लाह रियाद, मोसाद्दिक हुसेन, मेहेदी हसन, नज्मुल इस्लाम, रुबेल हुसेन, मुस्ताफिजुर रहमान, अबु हैदर रोनी, नज्मुल हुसेन सान्तो र मोमिनुल हक

अफगानिस्तान : अस्घर अफगान (कप्तान), मोहम्मद सेहजाद, इह्सानुल्लाह जनत, जावेद अहमदी, रहमत साह, हाश्मुत्लाह साहिदी, मोहम्मद नाबी, गुल्बद्दीन नैब, राशिद खान, नाजिबुलाह जाद्रान, मुजिब उर् रहमान, अफ्ताब आलम, समिउल्लाह शेंवारी, मुनिर अहमद, सायद सिर्जाद, शराफुद्दीन अश्रफ वफादार

हंगकंग : अन्शुमान राथ (कप्तान), एजाज खान, बाबर हयात, क्यामरुन म्कौल्सन, क्रिस्टोफर कार्टर, एहसान खान, एहसान नवाज, अर्शाद मोहम्मद, किन्चित साह, नदीम अहमद, निजाकत खान, राग कपुर, सक्ट मेकेच्नी, तन्भिर अहमद, तनवीर अफ्जल, वकस खान र अफ्ताब हुसेन





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]