आलोचना पछि बाबरले अल्कोहल ब्राण्ड अंकित जर्सी नलगाउने

पाकिस्तानका सिमित ओभर क्रिकेटका कप्तान बाबर आजमले आफ्नो इंगलिस काउन्टी क्लब समरसेटलाई अल्कोहल पेयर पदार्थ कम्पनिको लोगो आफ्नो जर्सीमा नदेखाउने बताएका छन्। आजम हाल इंग्ल्यान्डमा टि-२० ब्लास्ट प्रतियोगिता खेलीरहेका छन्।

मंगलबार पाकिस्तानको इंग्ल्यान्ड भ्रमण अन्त्य भएपछि बाबर समरसेट क्लबमा आबद्ध भएका थिए। बिहिबार आजम समरसेटबाट वर्सेस्टरसायर बिरुद्ध पहिलो खेल खेल्ने क्रममा जर्सीमा अल्कोहल कम्पनिको लोगोमा देखिएका थिए।

२५ वर्षीय दायाँ हाते ब्याट्सम्यान आजमले अल्कोहल कम्पनिको लोगो अंकित टि-सर्ट लगाएपछि सामाजिक संजालमा आलोचित भएका थिए। श्रोतका अनुसार पाकिस्तान कप्तानले समरसेटसंग अनुवन्ध हुँदा कुनै पनि अल्कोहल कम्पनिको लोगोलाई प्रचार र प्रोत्साहन नगर्ने निश्चित गरेका थिए।

आजम इंग्ल्यान्डमा टि-२० ब्लास्ट प्रतियोगिता खेलीरहेका छन् 

“बाबरको सर्टको पछाडी गल्तिले लोगो गल्तिले राखिएको थियो र काउन्टीले अब अर्को खेलमा त्यो गल्ति नदोहरिने आजमलाई जानकारी गराइसकेको छ ।” श्रोतले बतायो।

समरसेटको लागि पहिलो खेल खेल्ने क्रममा बाबरले ४२ रन बनाएका थिए भने टिमको १६ रनको जितमा एउटा उत्कृस्ट क्याच समेत समातेका थिए।

बिगतमा पनि मुस्लिम खेलाडीहरुले इंग्ल्यान्ड, दक्षिण अफ्रीका र अस्ट्रेलियाका खेलाडीहरुले आफ्नो जर्सी र सामग्रीमा अल्कोहल पेय पदार्थ कम्पनिको लोगो लगाउन अस्वीकार गर्दै आएका छन्। सोहि कारण खेलाडीहरुको सम्बन्धित बोर्डले ठूलो आर्थिक नोक्सानी समेत बेहोर्नुपरेको छ।

दक्षिण अफ्रिकी क्रिकेटर हासिम अमला, इमरान ताहिर तथा इंग्ल्यान्डका मोइन अलि र आदील रशिदले पनि यस अघि बाबरले जस्तै अल्कोहल कम्पनि अंकित जर्सी लगाउन अस्विकार गरेका थिए।

पाकिस्तान क्रिकेट बोर्डले बाबर सहित इमाद वासिम र शाहिन अफ्रिदीलाई टि-२० ब्लास्ट प्रतियोगिताको लागि इंग्ल्यान्डमा बस्न अनुमति दिएको थियो।

https://wicketnepal.com/babar-kohli-t20-avrg-wn20/

https://wicketnepal.com/eng-aus-t20-today-wn20/

https://wicketnepal.com/jamaica-semi-barbados-out-wn20/

https://wicketnepal.com/harbhajan-singh-nakhelne-ipl-w20/

https://wicketnepal.com/ipl-steyn-speed-bowl-wn20/

https://wicketnepal.com/bigbash-league-sunam-stuwart-mcgill-wn20/

https://wicketnepal.com/can-head-coach-10-pad-wn20/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy