आईसीसीद्वारा भारतीय खेलाडी अम्बाती रायडूलाई बलिङ्ग गर्न प्रतिबन्ध

  • विकेटनेपाल, माघ-१४ , सोमबार 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले भारतीय खेलाडी अम्बाती रायडूलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ्ग गर्न प्रतिबन्ध गरेको छ। आईसीसीले सोमबार यसको घोषणा गरेको छ।

३३ वर्षीय पार्ट-टाईम अफ स्पिनर रायडूको बलिङ्ग याक्सनबारे अस्ट्रेलियासंगको एकदिवसीय सिरिजमा रिपोर्ट दर्ता भएको थियो।

“आईसीसीले दिएको १४ दिनको समयमा आफ्नो बलिङ्गको रिपोर्ट पेस गर्न रायडू असफल रहेको कारण आईसीसीले आफ्नो नियमावलीको खण्ड ४.२ अन्तर्गत तुरुन्त प्रभाव हुने गरि निलम्बन गरेको छ” आईसीसीद्वारा प्रेस बिज्ञप्तिमा लेखिएको छ।

अस्ट्रेलिया र भारत बीच सिड्नीमा १३ जनवरीमा खेलिएको एकदिवसीय अन्तर्राष्ट्रियको दौरान बलिङ्ग गर्दा अम्बातीको बलिङ्ग याक्सन संकास्पद पाईएको थियो। त्यसपछि आईसीसीले उनलाई बलिङ्ग परिक्षणको रिपोर्ट दिन १४ दिनको समय दिएको थियो।

“रायडूको प्रतिबन्ध उनले आफ्नो बलिङ्गको परिक्षण दिएर फेरी मान्य बलिङ्ग याक्सन गर्न सक्षम नभएसम्म लागु हुनेछ”

 

घरेलु क्रिकेटमा भने रायडूलाई बलिङ्ग गर्न पाउनेछन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्डको नियमानुसार उनले घरेलु क्रिकेटमा भने बलिङ्ग गर्न पाउनेछन्।

आईसीसीको नियम अनुसार बलरले बलिङ्ग गर्दा १५ डिग्री भन्दा बढी आफ्नो हात खुम्च्याउन पाउदैन।

भारतको लागि ५० एकदिवसीय खेलीसकेका रायाडूले ९ खेलमा बलिङ्ग गर्दा ३ विकेट लिएका छन्। ब्याटिंगतर्फ भने उनले ५०.६७ को औशतले १५७१ रन बनाईसकेका छन् जुन क्रममा ३ शतक र ९ अर्धशतक प्रहार गरेका छन्।

न्युजिल्याण्डसंग जारि एकदिवसीय सिरिजको पहिलो खेलमा अविजित १३, दोश्रो खेलमा ४८ रन तथा तेश्रो खेलमा उनले अविजित ४० रन बनाएका थिए। वेस्ट इन्डिजसंग गत वर्ष भारतमा खेलिएको सिरिजमा उनले शतक बनाएका थिए।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]