नेपालको जर्सीमा पारससंग क्रिकेट खेल्ने अमेरिकी राजदुत, सन्दिप नचिन्ने दूतावास ( भिडियो सहित )

अमेरिकी राजदूतावासले नेपाली स्टार क्रिकेट सन्दिप लामिछानेलाई अमेरिकाको भिसा दिन अस्विकार गरेको छ। नेपाली खेलकुद इतिहासकै सर्वाधिक चर्चित नाम र देशकै शान बनेका सन्दिपलाई भिसा नदिनुले दूतावास आलोचनाको शिकार बन्नु परेको छ।

सन्दिप लामिछानेलाई नचिन्ने त्यही अमेरिकी दूतावासले गत महिना मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासंग क्रिकेट खेलेका थिए र क्रिकेटको बेसिक टिप्स समेत लिएका थिए। त्यस कार्यक्रममा अमेरिकी राजदुत र्यान्डी बेरीले नेपाली राष्ट्रिय टिमको जर्सी समेत लगाएका थिए।

कप्तान पारस संगै शरद भेसावकर, ज्ञानेन्द्र मल्ल,नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवाल तथा महिला राष्ट्रिय क्रिकेटरहरु समेत उक्त कार्यक्रममा उपस्थित थिए।


अमेरिकी दूतावासले आफ्नो फेसबुकमा पारसले राजदूत बेरीलाई क्रिकेट सिकाइरहेको फोटो समेत पोस्ट गरेको थियो। यस्तै बेरीले आफुले पारस खड्कालाई बलिंग गर्दै गरेको र आफुले ब्याटिंग गर्दै गरेको फोटो समेत राखेका थिए। उक्त कार्यक्रमको भिडियो समेत फेसबुकमा राख्दै नेपाली टिमलाई कतारमा आयोजित टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिताको लागि सुभकामना दिएको थियो।

“नेपालले T20 विश्वकप छनौटको शुरुवातको रूपमा एसियन क्षेत्रीय छनौट प्रतियोगिताको पहिलो म्याच आज कतारसँग सिंगापुरमा खेल्दै छ। केही समयअघि राजदूत बेरीले क्रिकेट खेल्ने प्रयास् गर्नुभयो, सो क्रममा वहाँले भेलोसिटी एरेनामा नेपाली कप्तान पारस खड्काबाट क्रिकेट खेलको बारेमा केही टिप्सहरू समेत प्राप्त गर्नुभयो। हामी नेपाली राष्ट्रिय टोलीलाई प्रतियोगिता र विश्वकप छनौटको लागि शुभकामना दिन चाहन्छौं।” दुतावासले लेखेको थियो।

राजदुत बेरीले उक्त भिडियो तथा पारस खड्कासंगको फोटो आफ्नो ट्वीटरमा समेत पोस्ट गर्दै नेपाली टिमलाई सुभकामना दिएका थिए।


उक्त कार्यक्रममा राजदुत बेरीले पारसले ब्याटिंग गरेको हेर्दै क्रिकेट खेल्न सिकेका थिए भने पछि ब्याटिंग समेत गरेका थिए। पारसले आफ्नो र उपस्थित अन्य राष्ट्रिय खेलाडीहरुले जारी गरेको ब्याट बेरीलाई प्रदान गरेका थिए।

नेपाली टिमको सम्मानमा नेपालकै जर्सी लगाएर कप्तान पारस संघ क्रिकेट खेल्ने दुतको अमेरिकी दूतावासले सन्दिपलाई भिसा नदिंदै व्यंग्य गरे जस्तो भएको छ।

४ सेप्टेम्बर देखि आयोजना हुने क्यारेबियन प्रिमियर लिगमा बार्बाडोस ट्रिडेन्ट टिमको लागि खेल्न जान लागेका सन्दिपलाई भिसा दिन दुतावासले अस्विकार गरेपछि सन्दिप आफैले ट्वीट गर्दै निराशा पोखेका थिए। सन्दिप अमेरिका हुँदै बार्बाडोस पुग्न पर्ने तथा क्यारेबियन प्रिमियर लिगको केहि खेल फ्लोरिडामा समेत हुनसक्ने हुँदा सन्दिपलाई अमेरिकी भिसा आवस्यक परेको सन्दिपको तथा नेपाली टिमको पनि व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराएका छन्।

सन्दिपको भिसा अस्विकार हुँदा सामाजिक संजाल ट्वीटरमा बिभिन्न  प्रकारका प्रतिक्रियाहरु आएका छन्।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]