आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईमा जारि त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपाल र पपुवा न्यु गिनी प्रतिस्पर्धा गरिरहेका छन्।
खेलमा टस जितेर ब्याटिंग रोजेको पपुवा न्यु गिनीले ४३ ओभरमा ४ विकेट गुमाएर १५३ रन बनाएको छ।
९१ रनमा ४ विकेट गुमाएपछि पपुवा न्यु गिनीका चौंथो नम्बरका ब्याट्सम्यान चार्ल्स अमिनीले चाड सोपरसंग अर्धशतकीय साझेदारी गरेका छन्। अमिनीले ७६ बलमा ६ चौका मद्दतले ५२ रन तथा सोपरले ६२ बलमा २ चौका मद्दतले २६ रन बनाएका छन्। टोनी उरा २७, लेगा सियाका २५, असद भाला १९ तथा हिरी हिरी खाता नखोली आउट भैसकेका छन्।
नेपालको बलिंगमा अरिफ शेख ( ६-०-१६-१ ) , सन्दीप लामिछाने ( ८-०-१५-१ ) र ज्ञानेन्द्र मल्लले ( २-०-६-१ ) समान एक विकेट लिएका छन्।