IPL : युएईको पिच र दिल्ली टिमबारे के भन्छन् भेट्रान लेग स्पिनर मिश्रा

आईपीएल २०२० युएईमा आयोजना हुने भएपछि सबैको नजर लिग आयोजना हुने तिन स्थल अबु धाबी, दुबई र शारजाहको पिचहरुमा रहेको छ। इतिहासको कुरा गर्ने हो भने युएईको पिच सुस्त हुने गर्छ जहाँ खेल अघि बढ्दै गर्दा स्पिनरहरुलाई पिच सहयोगी बन्दै जान्छ। दिल्ली क्यापिटल्सका भेट्रान लेग स्पिनर अमित मिश्राले भने पिचलाई अहिलेसम्म तटस्थ मानेका छन्।

लिगको इतिहासमा १५७ विकेट लिंदै मात्र मालिंगा ( १७० विकेट ) भन्दा पछि रहेका मिश्राले खेलहरु सुरु भएपछिको समयलेनै पिचले कस्तो व्यवहार गर्नेछ थाहा हुने प्रतिक्रिया दिएका छन्।

“अहिलेसम्मको परिस्थिति तटस्थनै रहेको छ त्यसैले म अहिलेनै ब्याट्सम्यान र बलर कसलाई बढी मद्दत गर्छ भन्न सक्दिन। खेल्न सुरु गरेपछि मात्र स्पस्ट चित्र अघि आउनेछ जसपछि ब्याट्सम्यान या बलर कसलाई मद्दत गर्छ भन्न सकिनेछ।” १३ औं आईपीएल खेल्ने क्रममा रहेका भेट्रान स्पिनरले बताए।

दिल्ली टिमको मनोबलको बारेमा कुरा गर्दा ३६ वर्षीय स्पिनरले बताए – “सबैभन्दा राम्रो कुरा के हो भने टिममा खेलाडीहरु एकअर्काको साथमा रमाईरहेका छन्।”

“सबै जना आईपीएलको यो सिजन खेल्न निकै उत्साहित छन्। अब १ हफ्ता मात्र बाँकी छ, त्यसैले सबैजना आफ्नो शतप्रतिशत सुम्पेर प्रतिकूल परिस्थितिमा पनि तयारी गरिरहेका छन्।”

“म निकै खुसि छु कि सबैजना ‘जैव सुरक्षित’ घेरामा रही सावधानी अपनाइरहेका छन्। र तथ्य पनि यही छ कि कोहि पनि सदस्यलाई अहिलेसम्म कोभिड-१९ ले असर गरेको छैन जसले पनि हामीले नियम मानिरहेका छौँ देखाउछ।” मिश्राले थपे। भारतमा कोभिड-१९ को केसहरु बढेपछि आईपीएल युएईमा सार्ने निर्णय गरिएको थियो।

टिमको तयारीको बारेमा बोल्दै मिश्राले बताए – “हामि समूहमा बस्दा निकै राम्रो महसुस गरिरहेका छौँ र सकरात्मक उर्जा प्रवाह भैरहेको छ। नयाँ अनुहारहरु टिममा रहेता पनि राम्रोसंग टिममा समाहित भैसकेका छन्। हामि परिवार जस्तै छौँ जहाँ सबैले एकअर्काको ख्याल राखीरहेका छन् र मैदानमा एक-अर्काको गल्ति सुधार पनि संगै गर्दैछौँ।”

“सबै जना आफ्नो जिम्मेवारीलाई लिएर केन्द्रित छन्। उनीहरुलाई थाहा छ खेलको क्रममा आफ्नो भूमिका के हुनेछ।”

दिल्ली टिमको स्पिन आक्रमणमा मिश्रा सहित नेपाली लेग स्पिनर सन्दिप लामिछाने रहेका छन्। यस्तै अर्का अनुभवी भारतीय अफ स्पिनर रभीचन्द्रन आश्विन र देब्रे हाते स्पिनर अक्षर पटेलको उपस्थितिका कारण टिमको स्पिन आक्रमण उत्कृस्ट मानिएको छ।

टिमको स्पिन आक्रमण बारे मिश्राले बताए- “आईपीएल लामो प्रतियोगिता हो त्यसैले तपाईसंग जति बिकल्प हुन्छ कप्तान र प्रशिक्षकको लागि त्यतिनै बोनस हुन्छ। त्यसैले म ढुक्क छु कि उनीहरुले परिस्थिति अनुसार बलरहरुलाई प्रयोग गर्नेछन्”

अमित मिश्रा, रभीचन्द्रन आश्विन र अक्षर पटेल

विश्लेषकहरुका अनुसार दिल्लीले पिच अनुसार ३ जना स्पिनरलाई अन्तिम-११ मा मौका दिन सक्नेछ। पूर्व भारतीय क्रिकेटर संजय मंज्रेकरले दिल्लीको स्पिन आक्रमणलाई सबैभन्दा बलियो रहेको प्रतिक्रिया दिएका थिए। मंज्रेकरले दिल्ली पछि स्पिन आक्रमणमा क्रमशः चेन्नाई, हैदरावाद, कोलकाता, मुम्बई, पन्जाब, बैंगलोर र राजस्थानलाई बलियो रहेको आंकलन गरेका थिए।

पन्जाबबाट यो सिजन दिल्लीमा आएका अफ स्पिनर आश्विनको उपस्थितिले टिमको सन्तुलन झनै उत्कृस्ट मानिएको छ।

“आश्विनलाई म लामो समय देखि चिन्छु र हामि  बिल्कुल भिन्न खालको बलर हौँ। त्यसैले म अर्को किनारमा उनले बलिंग गरेको हेर्न उत्साहित छु।”

गत सिजन राम्रो प्रदर्शन गर्दै दोश्रो क्वालिफायरसम्म पुगेको दिल्लीले पुनः सोहि लयलाई दोहोर्याउने मिश्राले विश्वास देखाए –

“हामि साच्चै सकरात्मक छौँ, तर टि-२० क्रिकेटमा तपाईलाई थाहा छ जित्ने ग्यारेन्टी गर्न सक्दैनौ। किनकि सबै टिममा स्तरीय खेलाडी छन् र प्रतिस्पर्धात्मक छन्। हामिसंग पनि टिममा म्याच-विनर खेलाडीहरु छन् र हामि हाम्रो तयारी उनीहरुलाई मध्यनजर गरेर गरिरहेका छौँ। हामि कुनै पनि टिमलाई कम आँक्ने गल्ति गर्नेछैनौ र सबैलाई बराबर रुपमा लिनेछौँ।” उनले बताए।

दिल्ली टिममा अमित मिश्रा र सन्दिप लामिछाने गरि २ जना लेग स्पिनर रहेका छन्

“मेरो तर्फबाट कुरा गर्दा म दिल्लीको लागि आफ्नो उत्कृस्ट योगदान दिनेमा केन्द्रित रहेको छु। भारतीय टिमले पनि मलाई कुनै पनि फर्म्याटमा अवसर दिन्छ भने म त्यसको लागि सधै तयार छु।” मिश्राले अन्ति पटक भारतको लागि २०१७ मा टि-२० खेलेका थिए।

लिग अन्तर्गत दिल्लीले आफ्नो पहिलो खेलमा सेप्टेम्बर २० तारिख आइतबार किंग्स-११ पन्जाब बिरुद्ध खेल्नेछ। लिगको उद्घाटन खेलमा शनिवार डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्सले चेन्नाई सुपर किंग्ससंग प्रतिस्पर्धा गर्नेछ।

दिल्ली टिम :- श्रेयस अयर, पृथ्वी शा, रिषभ पंत, शिखर धवन, अक्षर पटेल, कीमो पल, अमित मिश्रा, आवेश खान, हर्शल पटेल, इशांत शर्मा, कागिसो रबाडा, सन्दिप लामिछाने, आर. अश्विन, अजिंक्य रहाने, एलेक्स क्यारी, शिमरन हेटमायर, एनरिक नोर्किया, ड्यानीयल स्याम्स, मार्कस स्टोइनिस, मोहित शर्मा, ललित यादव र तुषार देशपांडे।

धेरैले पढेको 

युएई पुगेका सन्दिपलाई टिमले यसरी गर्यो स्वागत, पहिलो खेल गुमाउने निश्चित

IPL : ‘बुम्राह विश्वकै सर्वोत्कृष्ट टि-२० बलर हुन् जोसंग खेल्न उत्साहित छु’ प्याटीन्सन

ज्ञानेन्द्र मल्लको नाममा छ टि-२० अन्तर्राष्ट्रियको ७ कीर्तिमान

गौतम गम्भीरको विश्लेषण- पहिलो खेलमा चेन्नाई भन्दा मुम्बईको ‘हात माथि’





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]