पुलिसको उद्दार गर्न अमित श्रेष्ठको शतकीय इनिंग

राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन नसके पनि लगातार घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्ने क्रिकेटर अमित श्रेष्ठले पुनः आफुलाई प्रमाणित गरेका छन्।

यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका बिरगंजका अमित श्रेष्ठले यस अघि सन् २०१२ को एकदिवसीय राष्ट्रिय खेल्ने क्रममा लगातार २ शतक प्रहार गर्दै नेपाली घरेलु क्रिकेटमा लगातार २ शतक बनाउने किर्तिमान कायम गरेका थिए। अमितको त्यो रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन।

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता अन्तर्गत मुलपानी मैदानमा जारि प्रदेश-१ संगको खेलमा मुस्किल अवस्थामा रहेको पुलिस क्लबको उद्दार गर्ने क्रममा अमितले शतकीय इनिंग खेलेका हुन्।

जारि प्रधानमन्त्री कपमा ज्ञानेन्द्र मल्ल पछि शतक बनाउने उनि दोश्रो क्रिकेटर बनेका छन्। मल्लले एपीएफबिरुद्ध शतक बनाएका थिए।

मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको पुलिसले खराब सुरुवात गर्ने क्रममा पहिलो ५ विकेट ४५ रनको योगफलमा गुमाउन पुग्यो। ओपनर पवन सर्राफ १० तथा अनिल साह ४ रन बनाएर आउट भए भने त्यसपछि दिपेन्द्र ऐरी २, आरिफ शेख ४ तथा दिलिप नाथ १ रन बनाएर पेभेलियन फर्किए।

Nepal Police Club

तेश्रो नम्बरमा ब्याटिंग गरेका अमितले त्यसपछि छैठौं विकेटको रुपमा कुशल भुर्तेलसंग ६८ रनको साझेदारी गर्दै पुलिसलाई जोगाए। भुर्तेल २४ रन बनाएर आउट भए पछि पनि तल्लो क्रममा मन्जित श्रेष्ठसंग ३८ रन, रामनरेश गिरिसंग २४ रनको साझेदारी गरे। मन्जित र रामनरेशले समान ११ रन बनाए।

४३ औं ओभरमा अमित श्रेष्ठ १०६ रन बनाएर आउट भए जुन क्रममा उनले ११८ बलमा १५ चौका र १ छक्का प्रहार गरे।

पुलिसले ४३.१ ओभरमा १८५ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

प्रदेश-१ को लागि बलिंगमा कमल खत्री ( ६-१-२७-२ ) , फिर्दोश अन्सारी ( ८-०-२५-२ ), पुष्प थापा ( ६-०-३५-२ ) , दिपेश कंडेल ( ९.१-२-३०-२ ) तथा सिद्धान्त लोहनी ( ५-०-१८-२ ) ले २/२ विकेट लिए।

जारि प्रधानमन्त्री कप प्रतियोगिता अन्तर्गत समुह ‘बि’ मा रहेको पुलिसले यस अघि पहिलो खेलमा कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको थियो। प्रदेश-१ ले भने त्रिभुवन आर्मी क्लबसंग ११३ रनको पराजय बेहोरेको थियो।

यसै समुहमा रहेको त्रिभुवन आर्मी क्लबले खेलेको ३ वटै खेलमा जित दर्ता गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। कर्णाली प्रदेशले खेलेको दुवै खेल हारेको छ भने प्रदेश-१ र प्रदेश-२ ले खेलेको १-१ खेलमा हार बेहोरीसकेका छन्।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]