पहिलो खेलमा नै अमित श्रेष्ठको अर्धशतक, काठमाण्डौलाई १३३ को लक्ष्य

धनगढीमा आज देखि सुरु भएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत पहिलो खेलमा धनगढी स्टार्सले काठमाण्डौ गोल्डेन्सलाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ।

फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको धनगढी स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३२ रनको स्कोर बनायो। उसका लागि अमित श्रेष्ठले पहिलो खेलमा नै अर्धशतक प्रहार गरे।

अमित श्रेष्ठले ५० रनको पारि खेल्दै बोल्ड आउट हुनुअघि ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे।

Sandeep Rasaili

रोहन मुस्तफा खाता नखोल्दै रन आउट भएका थिए। धमलाले ३ रन बनाए भने सन्दिप रजाइलीले २८ रन (३५ बल, ४ चौका) को पारि खेल्दै अमितसँग तेस्रो विकेटको लागि ४८ रनको साझेदारी गरे।

त्यस्तै पवन सर्राफले १८ बलमा १ चौका सहित १९ रन बनाउँदा सौरभ खनालले उत्कृस्ट फिनिशिंग गरे। खनालले अविजित २५ रन बनाउन मात्र १० बलमा ३ चौका र १ छक्का हाने। सोमपाल कामि २ बल खेलेर बिना कुनै रन अविजित रहे।

बलिंगतर्फ काठमाण्डौका नन्दन यादवले ३ ओभरमा मात्र ८ रन खर्चेर २ विकेट लिए। त्यस्तै ललित राजबंशी र अंकित दबासले समान १/१ विकेट लिए।

(Feature Image: File)

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy