अमला र शहजाद इपिएल खेल्ने, अन्य ठुला खेलाडीहरु पनि खेल्ने सम्भावना

दक्षिण अफ्रिकी क्रिकेट टिमका पुर्व कप्तान समेत रहेका चर्चित खेलाडी हासिम अमला एभरेस्ट प्रिमियर लिग खेल्न आउने भएका छन्।अमला कुन टिम बाट खेल्ने पक्का नभएता पनि इपिएल खेल्नको लागि तयार भैसकेको विकेटनेपाललाई इपिएल श्रोतबाट जानकारी प्राप्त भएको छ।

इपिएल मार्च १४ तारिक ( चैत्र १ ) देखि काठमाडौँमा सुरु हुँदैछ जसमा प्रत्येक टिमले एक जना टेस्ट राष्ट्रको लागि खेलीसकेका खेलाडी खेलाउनु पर्ने आयोजकले अनिवार्य गरेको छ।

गत वर्ष नोभेम्बरमा युएईमा आयोजित टि-१० लिगमा सन्दिप लामिछाने रहेको टिम कर्नाटका टस्कर्सको कप्तानी गरेका अमलालाई नेपाल ल्याउने तयारी सोहि समय भएको थियो। अमला पोखरा राइनोजबाट खेल्न सक्ने सम्भावना रहेको छ। राइनोजबाट गत सिजन दक्षिण अफ्रीकाका अर्का क्रिकेटर रिचर्ड लेभी खेलेका थिए।

टि-१० लिग चल्दै गर्दा नेपालबाट इपिएल प्रवन्ध निर्देशक तथा पुर्व राष्ट्रिय क्रिकेटर आमिर अख्तर र अर्का पुर्व राष्ट्रिय क्रिकेटर दिपेन्द्र चौधरी युएई पुगेर अमलासंग कुराकानी गरेका थिए। उक्त लिगको दौरान अख्तरले अन्य खेलाडीहरुलाई पनि नेपाल ल्याउन पहल गरेका थिए।

दक्षिण अफ्रीकाको लागि १२४ टेस्ट, १८१ एकदिवसीय र ४४ टि-२० अन्तर्राष्ट्रिय खेलीसकेका ३६ वर्षीय अमला माथिल्लो क्रममा ब्याटिंग गर्ने गर्छन। अमला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार, ३ हजार, ४ हजार र ५ हजार सबैभन्दा छिटो बनाउने खेलाडी हुन्।

यस्तै अफगानिस्तानका विस्फोटक विकेटकिपर ब्याट्सम्यान मोहम्मद शहजाद इपिएल खेल्ने निश्चित भयेको जानकारी प्राप्त भएको छ। ३३ वर्षीय शहजादले २ वटा टेस्ट, ८४ एकदिवसीय र ६५ टि-२० अन्तर्रराष्ट्रिय खेलीसकेका छन्। शहजादलाई पनि टि-१० लिगको दौरान ल्याउने पहल भयको थियो।

यस्ता छन् इपिएल खेल्न सक्ने अन्य स्टार खेलाडीहरु 

खेलनेपाललाई विश्वस्त सुत्रबाट जानकारी भए अनुसार यो पटक इपिएलमा अर्का विश्व चर्चित क्रिकेटर क्रिस गेल पनि खेल्ने सम्भावना रहेको छ। गेललाई नेपाल ल्याउन पहल भइरहेको जानकारी प्राप्त भएको छ। यस्तै भारतीय क्रिकेटर युभराज सिंह, इंग्ल्याण्डका तिब्र गति बलर लियाम प्लंकेट जस्ता क्रिकेटर ल्याउन पनि प्रयास भइरहेको छ।

यो पटक इपिएल अन्तर्राष्ट्रिय च्यानल ‘डी स्पोर्ट्स’ बाट प्रत्यक्ष प्रशारण हुनाले दक्षिण एसियाली टेस्ट राष्ट्रहरुबाट खेलाडी ल्याई उक्त देशका दर्शकलाई समेत आकर्षित गर्ने योजना आयोजकको रहेको छ।

इपिएलले नेपालमै भएका अन्य लिगहरुमा खेलेका विदेशी खेलाडीहरुलाई इपिएलमा खेल्न नदिने निर्णय गरेको छ। यो निर्णय पछि इपिएल फ़्रेन्चाइज् टिमहरुमा नयाँ र अझ स्तरीय खेलाडीहरु भित्र्याउने दवाव रहेको छ। निर्णयका कारण बाबर हायात, रोहन मुस्तफा, सन्नी पटेल जस्ता नेपाली घरेलु क्रिकेटमा चम्किएका नामहरु इपिएलमा नदेखिने भएका छन्।

इपिएल खेल्ने विदेशी खेलाडीहरुले पहिलो पटक आफ्नो देशको बोर्ड अथवा स्टेट बोर्डबाट एनओसी ( नो अब्जेक्सन सर्टिफिकेट ) अनिवार्य लिनु पर्नेछ।

विदेशी दर्शकलाई समेत आकर्षित गर्नु हाम्रो लक्ष्य हो – आमिर अख्तर 

अन्य लिग खेलेका विदेशी खेलाडीहरुलाई इपिएलमा नखेलाउने निर्णयबारे खेलनेपालसंग इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरले खेलनेपालसंग धारणा राखेका छन्। अख्तरले यो पटक लिगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास गरिएको जसको लागि विदेशी खेलाडीको स्तर विदेशी दर्शकले पनि हेर्ने खालको हुनु पर्ने कुरामा विशेष जोड दिईएको छ।

“इपिएल यो पटक अन्तर्राष्ट्रिय च्यानल ‘डी स्पोर्ट्स’ ले प्रत्यक्ष प्रशारण गर्दैछ जसबाट लिगलाई हामीले भारत लगायत अन्य टेस्ट राष्ट्रमा समेत पुर्याउने प्रयास गरेका छौँ। इपिएलमा विदेशी दर्शकलाई समेत आकर्षित गर्नु हाम्रो लक्ष्य हो त्यसको लागि यो पटक प्रत्यक टिममा टेस्ट राष्ट्रको लागि खेलेका खेलाडी आइकोनिक खेलाडी हुनुपर्ने अनिवार्य गरेका छौँ। यो निर्णयले गर्दा यो पटक टेस्ट राष्ट्रको लागि खेलेका स्तरीय खेलाडीहरु इपिएल खेलाउने पहल भइरहेको छ।”

“विदेशी दर्शकलाई आकर्षित गर्नको लागि र इपिएल हेर्न प्रोत्साहित गर्नको लागि विदेशी खेलाडीको स्तर निकै महत्वपूर्ण हुन्छ। अर्को तर्फ इपिएलको महत्व कायम गर्न समेत इपिएलमा एक्सक्लुसिभ रुपमा खेलाडीहरु खेलुन् भन्ने हामि चाहन्छौं। यो निर्णयले इपिएललाई देशको अन्य लिगहरुबाट विशेष बनाउने काम गर्छ।”

“खेलाडीहरुको ट्रेड नेपालमै पहिलो पटक खुला हुँदैछ जसले स्टार नेपाली खेलाडीहरु ठुलो मूल्यमा बिक्रि हुनेछन्।”

इपिएलमा ललितपुर पेट्रिएट्स, चितवन टाईगर्स, काठमाडौँ किंग्स-११, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज गरि ६ वटा टिम रहेका छन्। गत सिजन ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले प्रतियोगिताको उपाधि जितेको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]