अमृत भट्टराईको नयाँ इनिङ्ग्स

amrit bhattarai

रास्ट्रिय क्रिकेटर अमृत भट्टराईले जीवनको नयाँ इनिङ्ग्स सुरु गरेका छन्। अस्ट्रेलियाको पर्थमा उनले यसै महिना उनले मिनी डिपार्टमेन्टल स्टोरको थालनी गरेका छन्।

“साडु दाई र मेरो लगानीमा स्टोर खोलेको हुँ, नेपाली-भारतीय उपभोग्य समानहरु राखेको छु। २ लाख अस्ट्रेलियन डलरको लगानीमा स्टोर खोलेका हौ ” नेपाली रास्ट्रिय क्रिकेट टिमका बायाँ हाते तिब्र गतिका बलर भट्टराईले विकेटनेपाललाई बताए।

अन्तिम पटक २०१५ जनवरीमा नामिबियामा सम्पन्न डिभिजन-२ प्रतियोगितामा नेपाली टिममा रहेका भट्टराई प्रतियोगिता लगत्तै फेब्रुअरीमा अस्ट्रेलिया गएका थिए। त्यसपछि उनि श्रीमती रचना भुसालसंग अस्ट्रेलियामा बस्दै आएका छन्।

सन् २००५ मा नेपाली यु-१५ रास्ट्रिय क्रिकेटरको रुपमा नेपालको लागि खेलेका भट्टराई त्यसपछि यु-१९ रास्ट्रिय टिम हुँदै २००६ को नेपालमा भएको तिन दिवसीय एसीसी ट्रफीमा हंगकंग संग नेपाली सिनियर टिममा डेब्यु गरेका थिए l भैरहवाका अमृत पछिल्लो समय फिट्नेसको कारणले रास्ट्रिय टिममा स्थान बनाउन संघर्ष गरिरहेका थिए।

स्टोरमा भट्टराई
स्टोरमा भट्टराई

“मेरो घुंडाको समस्याको कारण क्रिकेट बाट टाढा हुनु परेको हो।  घाइते भएपछि, टिममा स्थान बनाउन नसकेपछि खेलाडीको काम छैन, आफ्नो भविष्य पनि त हेर्ने पर्यो ” उनले बताए।

अस्ट्रेलियामा क्लब क्रिकेट खेल्ने क्रममा पुनः घाइते भएका थिए। घुंडाको अपेरासन सफल भएकोले एभेरेस्ट प्रिमियर लिगको अर्को सिजनमा कमब्याक गर्ने सोच बनाएको अमृतले बताएका छन्।

२०१२ मा डिभिजन-४ प्रतियोगितामा नेपाल बिजयी हुँदा अमृतले सिंगापुर बिरुद्ध ४ विकेट लिएका अमृत २००६ को यु-१९ बिश्वकपमा नेपाल प्लेट च्याम्पियन हुँदा टिमको सदस्य थिए।  अमृतले प्लेट फाइनलमा न्युजिल्यान्ड संग मार्टिन गुप्टिलको विकेट सहित २ विकेट लिएका थिए।

 





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]