कुम्बलेलाई पछि पार्दै एण्डरसन टेस्ट क्रिकेटको तेश्रो सर्वाधिक विकेटकर्ता

इंग्ल्यान्ड फास्ट बलर जेम्स एण्डरसन भारतीय लेग स्पिनर अनिल कुम्बलेलाई पछि पार्दै टेस्ट क्रिकेटमा विश्वकै तेश्रो सर्वाधिक विकेट लिने बलर बनेका छन्।

भारत बिरुद्ध जारि पाँच टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा भारतीय ओपनर केएल राहुललाई क्याच आउट गराउदै ३९ वर्षीय बलरले सफलता हाँसिल गरेका हुन्। अनिल कुम्बलेले १३२ टेस्टको २३६ इनिंग्समा ६१९ टेस्ट विकेट लिएका थिए। जारि टेस्टमा ४ विकेट लिएका एण्डरसनले १६३ औं खेलको ३०२ औं इनिंग्स खेल्ने क्रममा विकेट संख्या ६२१ पुर्याएका छन्। एण्डरसनले सन् २००३ मा जिम्बाब्वे बिरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका थिए।


एण्डरसन भन्दा अघि टेस्ट क्रिकेटमा अस्ट्रेलियन लेग स्पिनर शेन वार्नले ७०८ विकेट तथा श्रीलंकन अफस्पिनर मुथैया मुरलीधरनले ८०० टेस्ट विकेट लिएका थिए। एण्डरसन सर्वाधिक टेस्ट विकेट लिने फास्ट बलर हुन्। टेस्ट क्रिकेटमा मात्र ७ जना बलरले मात्र ५ सय भन्दा बढी विकेट लिन सकेका छन्। एण्डरसनकै साथी फास्ट बलर स्टुवार्ट ब्रोडले ५२३ विकेट लिएका छन्। वेस्टइन्डिजका कर्टनि वाल्सले ५१९ विकेट, अस्ट्रेलियाका ग्लेन म्याकग्राथले ५६३ विकेट लिएका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy