६ सयौं विकेट लिंदै एन्डरसनको नयाँ विश्वकीर्तिमान

इंग्ल्यान्ड फास्ट बलर जेम्स एन्डरसन ६०० टेस्ट विकेट लिने विश्वकै पहिलो तीव्र गति बलर बनेका छन्।

पाकिस्तान बिरुद्ध साउथह्याम्पटनमा जारि तेश्रो टेस्टको पाँचौ दिन ३८ वर्षीय बलरले पाकिस्तान कप्तान अजहर अलिलाई स्लिपमा क्याच आउट गराउदै नयाँ कीर्तिमान कायम गरेका हुन्।

सन् २००३ मा टेस्ट डेब्यु गरेका एन्डरसनले १५६ औं खेलमा २९१ औं इनिंगमा यो सफलत हाँसिल गरेका हुन्। यस क्रममा उनले एक टेस्टमा २९ पटक ५ विकेट र ८ पटक १० विकेट लिएका छन्।

टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने बलरको सुचीमा एन्डरसन चौथो स्थानमा रहेका छन्। उनि भन्दा अघि तेश्रो स्थानमा रहेका भारतीय लेग स्पिनर अनिल कुम्बलेले ६१९ विकेट लिएका छन्। कुम्बलेले १३२ खेलको २३६ इनिंगमा उक्त विकेट लिएका थिए। टेस्टमा सर्वाधिक विकेट लिने बलर श्रीलंकन अफ स्पिनर मुथैया मुरलीधरन हुन् जसले १३३ खेलको २३० इनिंगमा ८०० विकेट लिएका थिए। यस्तै दोश्रो स्थानमा रहेका अस्ट्रेलियन लेग स्पिनर शेन वार्नले १४५ खेलको २७३ इनिंगमा ७०८ विकेट लिएका थिए।

बलको आधारमा एन्डरसन ६ सयौं विकेट लिने दोश्रो छिटो खेलाडी हुन्

तिब्र गति बलरको रुपमा एन्डरसन पछि सर्वाधिक विकेट लिने बलर अस्ट्रेलियाका ग्लेन म्याकग्राथ हुन् जसले ५६३ विकेट लिएका छन्। वेस्टइन्डिजका कर्टनि वाल्सले ५१९ विकेट तथा इंग्ल्यान्डकै अर्का फास्ट बलर स्टुवार्ट ब्रोडले ५१३ विकेट लिएका छन्। दक्षिण अफ्रिकी बलर डेल स्टेनले ४३९ तथा भारतीय बलर कपिल देवले ४३४ विकेट लिएका थिए।

गत महिना अर्का इंग्ल्यान्ड फास्ट बलर स्टुवार्ट ब्रोडले टेस्टमा ५ सय विकेट पुरा गरेका थिए।

दोश्रो छिटो 

टेस्ट क्रिकेटमा ६ सयौं विकेट लिने एन्डरसन दोश्रो छिटो बलर बनेका छन्। उनले ३३ हजार ७ सय १७ बलमा ६ सयौं विकेट पुरा गरेका हुन्। सबैभन्दा छिटो मुथैया मुरलीधरनले ३३ हजार ७ सय ११ बलमा , तेश्रो छिटो शेन वार्नले ३४ हजार ९ सय १९ बलमा तथा चौथो छिटो अनिल कुम्बलेले ३८ हजार ४ सय ९४ बलमा ६ सयौं विकेट लिएका थिए।

सबैभन्दा धेरै विकेट कसको लिए ? 

६ सय विकेट लिने क्रममा एन्डरसनले सबैभन्दा धेरै अस्ट्रेलियन खेलाडी पिटर सिडलको ११ पटक विकेट लिएका छन्। दोश्रो धेरै सचिन तेन्दुलकर, माइकल क्लार्क, अजहर अलि र शेन वाटसनलाई उनले ९ पटक आउट गरेका छन्। यस्तै शेन वाटसन, चेतेश्वर पुजारा, ब्र्याड ह्याडीन र शान मसुदलाई उनले ८ पटक आफ्नो शिकार बनाएका छन्।

६ सयौं शिकार हुने ब्याट्सम्यानहरु 

टेस्टमा ४ बलरले मात्र ६ सय विकेट लिएका छन्। सबैभन्दा पहिले शेन वार्नले २००५ मा ६ सयौं विकेट लिंदा इंग्ल्यान्डका खेलाडी मार्कस ट्रेसकोथिकको विकेट लिएका थिए। यस्तै २००६ मा मुथैया मुरलीधरनले बंगलादेशका खालिद मसुदको विकेट लिंदै ६ सय विकेट पुरा गरेका थिए। अनिल कुम्बलेले २००८ मा अस्ट्रेलियाका एन्ड्रु साइमन्डको विकेट लिंदा एन्डरसनले पाकिस्तान कप्तान अजहर अलिलाई ६ सयौं शिकार बनाए।

सम्बन्धित :

https://wicketnepal.com/st-broad-500-wket-wn20/

https://wicketnepal.com/ipl-5-rec-todna-muskil-wn20/

https://wicketnepal.com/ashwin-mankad-controversy-free-ball-wn20/

https://wicketnepal.com/ipl-best-bowling-3-teams-wn20/

https://wicketnepal.com/aus-team-to-eng-wn20-odi-t20-ser/

https://wicketnepal.com/national-cricketer-10-hajar-talab-wn20/





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]