कुकलाई उछिन्दै एण्डरसन बने इंग्ल्यान्डको सर्वाधिक टेस्ट खेल्ने क्रिकेटर

भेट्रान इंग्ल्यान्ड पेसर जेम्स एण्डरसन इंग्ल्यान्डको लागि सर्वाधिक टेस्ट खेल्ने क्रिकेटर बनेका छन्।

न्युजिल्यान्ड बिरुद्ध दुई टेस्टको सिरिज अन्तर्गत एजब्यास्टनमा बिहिबार सुरु भएको दोश्रो टेस्टमा एण्डरसनले अर्को उपलब्धि आफ्नो नाम गरेका हुन्। खेलमा इंग्ल्यान्डले टस जितेर ब्याटिंग रोजेको छ।

लेजेण्ड पेसरले इंग्ल्यान्डको लागि कुल १६२ टेस्ट खेलेका छन् जुन क्रममा उनले १६१ टेस्ट खेलेका एलेस्टर कुकलाई पछि पारेका हुन्। टिमका अर्का पेसर स्टुवार्ट ब्रोड तेश्रो स्थानमा रहेका छन् जसले १४७ औं टेस्ट खेलीरहेका छन्। चौथो धेरै एलेक स्टुवार्टले १३३ खेल खेलेका थिए भने पाँचौ धेरै इयान बेल र ग्राहम गुचले समान ११८ खेल खेलेका थिए। जो रुट १०५ औं खेल खेलीरहेका छन्। इंग्ल्यान्डको लागि कुल १५ जना क्रिकेटरले १ सय भन्दा बढी टेस्ट खेलेका छन्।


एण्डरसन ६ सय भन्दा बढी टेस्ट विकेट लिने विश्वकै पहिलो फास्ट बलर हुन्। उनले कुल ६१६ विकेट लिएका छन् जुन स्टुवार्ट ब्रोडले ( ५१८ ) लिएको भन्दा ९८ विकेट बढी हो।

टेस्ट क्रिकेटको सर्वाधिक विकेटकर्ताको सुचीमा मुथैया मुरलीधरन ( ८०० ) , शेन वार्न ( ७०८ ) र अनिल कुम्बले ( ६१६ ) पछि एण्डरसन चौथो स्थानमा रहेका छन्।

दायाँ हाते पेसरले सन् २००३ मा जिम्बाब्वे बिरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका थिए।

धेरैले पढेको 

क्यानको नयाँ आर्थिक कार्यविधि पारित : खेलाडीको भत्ता बढ्यो, जान्नुस कसको कति भत्ता

पीएसएल : रोमान्चक खेलमा लाहोरको जित, राशिदको अलराउण्ड प्रदर्शन

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy