ठुलो स्कोर बनेको खेलमा रसेल र बिलिंग्सको विस्फोटक ब्याटिंग

  • विकेटनेपाल, चैत्र २८ – बुधबार

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा चेन्नाई सुपर किंग्सले लगातार दोश्रो जित निकाल्ने क्रममा कोलकत्ता नाईटराइडर्समाथि अन्तिम ओभरमा ५ विकेटको जित हात पारेको छ । कोलकत्ताले भने दोश्रो खेलमा पहिलो हार व्यहोरेको छ ।

चेन्नाईको घरेलु मैदानमा भएको खेलमा कोलकत्ताले दिएको २०३ रनको लक्ष्य पछ्याएको घरेलु टिमले १ बल अगावै मात्र ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसको लागि शेन वाट्सनले ४२ रन बनाउन १९ बलमा ३ चौका र त्यति नै छक्का प्रहार गर्दै पहिलो विकेटको लागि अम्बाती रायडुसँग मिलेर ७५ रनको साझेदारी गरेका थिए । रायडूले ३९ रन बनाउन २६ बलमा ३ चौका र २   छक्का प्रहार गरेका थिए ।

यस्तै कमजोर प्रदर्शन गरेका सुरेश रैनाले १२ रन, महेन्द्र सिंह धोनीले २५ रन बनाएको खेलमा केदार जाधव घाइते भएपछी स्थान बनाएका स्याम बिलिंग्सले मात्र २३ बलको सामना गर्दै २ चौका र ५ छक्का सहित ५६ रन बनाएर जितको आधार तय गरेका थिए ।

अन्तिम ओभरमा जितको लागि १७ रन आबश्यक रहेको बेला रबिन्द्र जडेजा र ड्वायान ब्राभोले अविजित समान ११ रन प्रहार गरे ।

कोलकत्ताको लागि सबै भन्दा खराब बलिंग गरेका विनयकुमारले मात्र १.५ ओभरमा ३५ रन खर्चे भने विकेट लिन सकेनन् । आइपिएलको पहिलो खेल खेलेका टोम करणले २ विकेट तथा पियुष चावला, कुलदीप यादव र   सुनिल नारायणले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०२ रनको योगफल बनाएको थियो । कुनै समय ५१/१ को अवस्थामा रहेको उसले लय गुमाउंदै ८९/५ को स्थितिमा पुगेको थियो । त्यसपछि आएका आन्द्रे  रसेलले आक्रामक पारि खेल्दै    ११ छक्का सहित ३६ बलमा अविजित ८८ रन प्रहार गरेपछि कोलकाताले २०० भन्दा माथिको स्कोर पुगेको थियो ।

चेन्नाईका लागि शेन वाट्सनले ३९ रन खर्चेर २ विकेट तथा हरभजन सिंह, शार्दुल ठाकुर र रबिन्द्र जडेजाले १/१ विकेट हात पारे ।    स्याम बिलिंग्स म्यान अफ द म्याच घोषित भए ।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]