बालबिर्नीको शतकमा आयरल्याण्ड बिजयी

  • विकेटनेपाल, चैत्र ५ – सोमबार

जिम्बाबेमा जारि विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न सुपर सिक्स चरणको एकमात्र खेलमा आयरल्याण्डले स्कटल्याण्ड माथि २५ रनको जित दर्ता गर्दै विश्वकप खेल्ने आशा जिवितै राखेको छ।

हरारे क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७१ रन बनाएको थियो। उसका लागि एन्डी बालबिर्नीले उत्कृष्ट ब्याटिंग गर्दै १०५ (१४६ बल, १० चौका) रन जोडे। त्यसैगरी (ओब्राइन दाजु भाई) नाईल ओब्राइनले ७० र केविन ओब्राइनले ४६ रनको योगदान गरे।

स्कटल्याण्डको बलिंगमा  ब्राड व्हीलले ३ विकेट हात पारे भने सफ्यान शरीफले विकेट चट्काए।

जवाफमा २७२ रनको बिजय लक्ष्यको पिछा गरेको स्कटल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउंदै मात्र २४६ रन बनाउन सक्यो र २५ रनले पराजित भयो। स्कटल्याण्डका लागि क्यालुम म्यक्लोइडले ६१ ,रिची बर्रिंगटनले ४४,सफ्यान शरीफले ३४ तथा मार्क वाटले ३१ रन जोडे तर पनि जितका लागि पर्याप्त हुन सकेन। बलिंगतर्फ बोइड रान्किन एक्लैले ४ विकेट लिए।

फोटोहरु : (@cricketworldcup)

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy