बालबिर्नीको शतकमा आयरल्याण्ड बिजयी

  • विकेटनेपाल, चैत्र ५ – सोमबार

जिम्बाबेमा जारि विश्वकप छनौट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न सुपर सिक्स चरणको एकमात्र खेलमा आयरल्याण्डले स्कटल्याण्ड माथि २५ रनको जित दर्ता गर्दै विश्वकप खेल्ने आशा जिवितै राखेको छ।

हरारे क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७१ रन बनाएको थियो। उसका लागि एन्डी बालबिर्नीले उत्कृष्ट ब्याटिंग गर्दै १०५ (१४६ बल, १० चौका) रन जोडे। त्यसैगरी (ओब्राइन दाजु भाई) नाईल ओब्राइनले ७० र केविन ओब्राइनले ४६ रनको योगदान गरे।

स्कटल्याण्डको बलिंगमा  ब्राड व्हीलले ३ विकेट हात पारे भने सफ्यान शरीफले विकेट चट्काए।

जवाफमा २७२ रनको बिजय लक्ष्यको पिछा गरेको स्कटल्याण्डले ४७.४ ओभरमा सबै विकेट गुमाउंदै मात्र २४६ रन बनाउन सक्यो र २५ रनले पराजित भयो। स्कटल्याण्डका लागि क्यालुम म्यक्लोइडले ६१ ,रिची बर्रिंगटनले ४४,सफ्यान शरीफले ३४ तथा मार्क वाटले ३१ रन जोडे तर पनि जितका लागि पर्याप्त हुन सकेन। बलिंगतर्फ बोइड रान्किन एक्लैले ४ विकेट लिए।

फोटोहरु : (@cricketworldcup)





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]