बोर्डसंग चित्त नबुझ्दा भारत बिरुद्ध सिरिजबाट म्याथुजद्वारा नाम फिर्ता, सन्यास लिन सक्ने

व्यक्तिगत कारण वताउदै श्रीलंकन ब्याट्सम्यान एन्जेलो म्याथुजले भारत बिरुद्ध सिमित ओभरको सिरिजबाट नाम फिर्ता लिएका छन्। दुई देश बीच जुलाई तारिख देखि तिन वटा एकदिवसीय र त्यतिनै टि-२० सिरिज सुरु हुँदैछ।

श्रीलंकन क्रिकेट बोर्डसंग केन्द्रिय अनुबन्धको कुरामा चित्त नबुझेपछि म्याथुजले उक्त निर्णय लिएको बताईएको छ। बोर्डले बुधबार भारत बिरुद्ध सिरिजको लागि ३० सदस्यीय टोलिको घोषणा गरेको थियो जसमध्ये म्याथुजले नाम फिर्ता लिएका हुन्।

गत महिना श्रीलंकन क्रिकेटरहरुले श्रीलंकन क्रिकेट बोर्डले प्रस्ताव गरेको केन्द्रीय अनुबन्धमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। बोर्डले खेलाडीहरुलाई उनीहरुको प्रदर्शनको मुल्यांकन गरेर दिईएको अंकको आधारमा केन्द्रिय अनुबन्ध दिने प्रस्ताव गरेको थियो।

३४ वर्षीय म्याथुज भर्खरै सम्पन्न श्रीलंकाको इंग्ल्यान्ड भ्रमणको हिस्सा थिएनन् जहाँ टिमले सबै खेलमा हार बेहोरेको थियो। उनले अन्तिम पटक अप्रिलमा बंगलादेश बिरुद्ध टेस्ट सिरिज खेलेका थिए।

श्रीलंका क्रिकेटले बिज्ञप्ति जारि गर्दै भारतको लागि टिमको ३० खेलाडी चुनिएको जसमध्ये म्याथुजले बाहेक २९ जनाले केन्द्रीय अनुबन्धमा हस्ताक्षर गरेको जानकारी गराएको छ। अनुबन्ध हाल भारत बिरुद्ध सिरिजको  “३० सदस्यीय टोलिमा चुनिएका एन्जेलो म्यथुजले व्यक्तिगत कारणले सिरिजबाट बाहिर बस्ने अनुमति मागेका छन्।” बिज्ञप्तिमा उल्लेख छ।


श्रीलंकन मिडियाका अनुसार म्याथुजले श्रीलंका बोर्डलाई आफुले सन्यास लिने बारेमा सोचेको र केहि दिनमा यस बारे अधिकारिक घोषणा गर्ने जानकारी गराएका छन्। म्याथुज बोर्डको अनुबन्ध अस्विकार गर्ने मध्येका सिनियर खेलाडी हुन् जसले अनुबन्ध पारदर्शि हुनु पर्ने माग राखेका थिए।

श्रीलंका क्रिकेट बोर्डले खेलाडीहरुलाई प्रत्येक सिरिजको आधारमा अनुबन्ध गर्ने प्रस्ताव गरेको थियो। अहिले वार्षिक अनुबन्ध गर्ने नभई र भारत बिरुद्ध सिरिजको लागि मात्र खेलाडी अनुबन्ध गर्ने आवस्यकता रहेको थियो। इंग्ल्यान्ड भ्रमणमा खेलाडीहरु अनुबन्ध हस्ताक्षर नगरी गएका थिए।

श्रीलंकाको प्रदर्शनको आधारमा गरिने अनुबन्ध अनुसार २४ शिर्ष खेलाडीहरुलाई चार वटा श्रेणीमा बिभाजन गरेर अनुबन्ध गरिनेछ। त्यस मध्ये ६ जना खेलाडीहरुलाई ए श्रेणीमा राखिने जसको वार्षिक तलब ७० हजार देखि १ लाख डलर रहेको छ।  रिपोर्टका अनुसार ए श्रेणीमा रहेका खेलाडी मध्ये धनन्जय डी सिल्भा र निरोशन डिकवेलाले सर्वाधिक १ लाख डलर पाउनेछन्।

श्रीलंकाको लागि ९० टेस्ट, २१८ एकदिवसीय अन्तर्राष्ट्रिय र ४९ टि-२० अन्तर्राष्ट्रिय खेलेका म्याथुजले कुल १३,२१९ रन तथा १९१ विकेट लिएका छन्।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]