श्रीलंकाको कप्तानबाट म्याथ्युज बर्खास्त, नयाँ कप्तान घोषणा

  • विकेटनेपाल, असोज ०८

संयुक्त अरब इमिरेट्स युएईमा जारि एसिया कप क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएपछी श्रीलंकाको एकदिवसीय कप्तानबाट एन्जेलो म्याथ्युजलाई बर्खास्त गरेको छ।

जारि एसिया कपमा श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १३७ रनले तथा दोश्रो खेलमा अफगानिस्तानसँग ९१ रनले पराजित हुँदै पहिलो चरणबाटै घर फर्किएको हो।

म्याथ्युजको स्थानमा टेस्ट फर्म्याटको कप्तान रहेका दिनेश चण्डीमलले कप्तानीको जिम्मेवारी पाएका छन्।

करिब १४ महिना अगाडी सबै फर्म्याटको कप्तानीबाट राजिनामा दिएका म्याथ्युजलाई यसै बर्षको जनवरीबाट पुनः कप्तान नियुक्ति गरिएको थियो। म्याथ्युजले श्रीलंका क्रिकेट बोर्डलाई लेखेको ई-मेलमा छनौट समिति र प्रशिक्षकको उपस्थितिमा भएको बिचार विमर्शमा छनौटकर्ता र प्रशिक्षकलेनै कप्तानबाट राजिनामा दिन अनुरोध गरेको जनाएका छन्।

दिनेश चण्डीमल

जिम्बाबेसँग अघिल्लो बर्षको जुलाई महिनामा भएको सिरिजमा नमिठो हार व्यहोरेपछि कप्तानीबाट उनले राजिनामा दिएपछि श्रीलंकाले धेरै कप्तानहरु परिवर्तन गरेपनि सफलता हात पार्न नसक्दा सन् २०१९ को विश्वकपलाई मध्यनजर गर्दै ३० बर्षीय म्याथ्युजलाईनै पुनः कप्तान नियुक्त गरिएको थियो, तर एसियाकपको प्रदर्शनपछी पुनः कप्तान परिवर्तन गरिएको छ।

म्याथ्युजले अघिल्लोबर्ष जुलाईमा कप्तानी छाडेदेखि अहिले कप्तान रहँदासम्मको बिचमा श्रीलंकाले ५ जना कप्तान परिवर्तन गरिसकेको थियो जसमा दिनेश चण्डीमल, उपुल थरांगा, चमेरा कपुगेदरा, लासिथ मालिंगा र थिसारा परेरा रहेका छन्।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]