श्रीलंकाको कप्तानबाट म्याथ्युज बर्खास्त, नयाँ कप्तान घोषणा

  • विकेटनेपाल, असोज ०८

संयुक्त अरब इमिरेट्स युएईमा जारि एसिया कप क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन गर्दै पहिलो चरणबाटै बाहिरिएपछी श्रीलंकाको एकदिवसीय कप्तानबाट एन्जेलो म्याथ्युजलाई बर्खास्त गरेको छ।

जारि एसिया कपमा श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १३७ रनले तथा दोश्रो खेलमा अफगानिस्तानसँग ९१ रनले पराजित हुँदै पहिलो चरणबाटै घर फर्किएको हो।

म्याथ्युजको स्थानमा टेस्ट फर्म्याटको कप्तान रहेका दिनेश चण्डीमलले कप्तानीको जिम्मेवारी पाएका छन्।

करिब १४ महिना अगाडी सबै फर्म्याटको कप्तानीबाट राजिनामा दिएका म्याथ्युजलाई यसै बर्षको जनवरीबाट पुनः कप्तान नियुक्ति गरिएको थियो। म्याथ्युजले श्रीलंका क्रिकेट बोर्डलाई लेखेको ई-मेलमा छनौट समिति र प्रशिक्षकको उपस्थितिमा भएको बिचार विमर्शमा छनौटकर्ता र प्रशिक्षकलेनै कप्तानबाट राजिनामा दिन अनुरोध गरेको जनाएका छन्।

दिनेश चण्डीमल

जिम्बाबेसँग अघिल्लो बर्षको जुलाई महिनामा भएको सिरिजमा नमिठो हार व्यहोरेपछि कप्तानीबाट उनले राजिनामा दिएपछि श्रीलंकाले धेरै कप्तानहरु परिवर्तन गरेपनि सफलता हात पार्न नसक्दा सन् २०१९ को विश्वकपलाई मध्यनजर गर्दै ३० बर्षीय म्याथ्युजलाईनै पुनः कप्तान नियुक्त गरिएको थियो, तर एसियाकपको प्रदर्शनपछी पुनः कप्तान परिवर्तन गरिएको छ।

म्याथ्युजले अघिल्लोबर्ष जुलाईमा कप्तानी छाडेदेखि अहिले कप्तान रहँदासम्मको बिचमा श्रीलंकाले ५ जना कप्तान परिवर्तन गरिसकेको थियो जसमा दिनेश चण्डीमल, उपुल थरांगा, चमेरा कपुगेदरा, लासिथ मालिंगा र थिसारा परेरा रहेका छन्।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy