PM CUP : अनिलले ५ विकेट लिंदा लुम्बिनीद्वारा प्रदेश-२ पराजित

प्रदेश-२ लाई ४२ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघि लुम्बिनी बागमती प्रदेशसंग पराजित भएको थियो। प्रदेश-२ को यो लगातार दोश्रो हार हो जो यस अघि एपीएफसंग पराजित भएको थियो। स्कोरकार्ड 

समुह ‘बि’ अन्तर्गत टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा लुम्बिनीले दिएको १६२ रन लक्ष्य पछ्याएको प्रदेश-२ ले पुरै २० ओभर ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा ११९ रन मात्र बनाउन सक्यो। प्रदेश-२ को ब्याटिंगमा दशौँ नम्बरमा ब्याटिंग गरेका बिबेक यादवले सर्वाधिक अविजित ३६ रन बनाए जुन क्रममा २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। सन्तोष कार्की र हरिकृष्ण झाले समान १४ तथा आदील आलम र रुपेश सिंहले समान १३ रन बनाए।

लुम्बिनी प्रदेशका बलर अनिल खरेलले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन गर्दै १३ रन मात्र खर्चिए। कृष्ण कार्की, सिद्धान्त शहि र बसिर एहमदले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट क्षेतीमा १६१ रन बनाएको थियो।

लुम्बिनीको ब्याटिंगमा ओपनर देव खनालले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। बसिर एहमद र सन्दिप रजालीले समान ३० रन तथा सुशान्त थापाले १४ र सौरभ खनालले १० रन योगदान दिए। देवले दोश्रो विकेटको लागि सुशान्तसंग ४२ रनको तथा बसिरसंग ५३ रनको साझेदारी गरे।

प्रदेश-२ का बलर रुपेश सिंह र बिबेक यादवले समान दुई विकेट तथा हरि शंकर शाह, मेहबुब आलम र बिशाल सुश्लिंगले समान एक विकेट लिए।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]