रुपन्देही सुपर लिग : अनिल खरेलले ५ विकेट लिंदा वेष्टर्न विजयी, देवदह घटुवा

  • प्रकाश न्यौपाने, भैरहवा, फागुन २०

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार डिभिजन ‘ए’को खेलमा वेष्टर्न क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई १३६ रनले फराकिलो अन्तरले पराजित गरेको छ । हारसँगै देवदह भने रेलिगेसनमा परेर ‘ए’ डिभिजाबाट ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएकोे वेष्टर्नले निर्धारित ४४ ओभरको खेलमा ९ विकेट क्षतिमा २२१ रनको योगफल बनायो । उसका लागि विक्रम भुसालले ४९, राहुल कुमारले ४६, अनिल खरेलले नटआउट ३६ र सन्देश थापाले २१ रन बनाए । बलिङमा देवदहका विकाश श्रेष्ठले ३, अर्जुन रायमाझी र संदीप पाण्डेले २/२ तथा सुदिप जिसी र सुरज खड्काले समान १/१ विकेट लिए ।

प्रतिउत्तरमा देवदह २२.३ ओभरमा अलआउट हुँदै ७५ रनमै समेटियो । उसका लागि सुदीप जिसीले नटआउट १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा वेष्टर्नका अनिल खरेलले ६ ओभरमा २ मेर्डन राख्दै ९ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, एकेन्द्र कुमारले २ तथा सन्देश थापा, हरजित सिंह र राहुल कुमारले १/१ विकेट लिए ।

शुक्रबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र तिलोत्तमा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जनाकारी दिए ।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, उदयीमान खेलाडी र म्यान अफ द फाइनललाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ । नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन् ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]