कमलसिंह ऐरीले जोगाउन सकेनन् वेष्टर्नको हार : शशिकान्त – शकुन्तला टि-२०

Kamal Singh Airee

फोटो फिचर : कमलसिंह ऐरी (वेष्टर्न क्रिकेट क्लब) फाइल फोटो

  • विकेटनेपाल – ५ चैत्र, सोमबार

रुपन्देहीमा जारी जिल्ला स्तरीय शशिकान्त – शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि-२० क्रिकेट प्रतियोगितामा सोमबारको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लब र न्यू होराइजन क्रिकेट क्लबले जित दर्ता गरेका छन्।

सिद्धार्थ रंगशालामा भएको दिनको पहिलो खेलमा खुकरी क्रिकेट कल्बले आइसिएफसी प्रोफेसनल मास्टर्स ११ क्रिकेट क्लब भैरहवालाई ९६ रनको ठुलो अन्तरले पराजित गर्यो। टस जित्दै पहिले ब्याटिंग रोजेको खुकुरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रन जोडेको थियो। उसको इनिंगमा प्रज्वल थापाले ४४ रन जोडेका थिए। यस्तै संदीप रजालीले ४२ तथा लालबहादुर अधिकारीले अविजित ३१ रनको योगदान गरेका थिए। बलिङमा प्रोफेसनलका शैलेश श्रीवास्तवले ३ विकेट लिएका थिए।

जवाफमा १७९ रनको बिजय लक्ष्य लिएर मैदान प्रवेश गरेको प्रोफेसनलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्र जोड्न सक्यो। प्रोफेसनलको चेजमा मोहम्मद इबराइनले २६ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। खुकुरीको बलिंगमा साहव आलमले ३ विकेट चट्काए। यस्तै म्यान अफ दि म्याच लालबहादुर अधिकारी र एकलाख अहम्मदको नाममा समान २-२ विकेट रह्यो।

दिनको दोस्रो खेलमाभने होराइजन क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लब बुटवललाई ८ रनले पराजित गर्यो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको होराइजनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रनको योगफल बनाएको थियो। जसमा विशाल बन्जाडेले २२ तथा गणेश गौडेलले १७ रन बनाएका थिए । बलिङमा वेष्टर्नका कमलसिंह ऐरी र देवेन्द्र सोमारेले समान ३-३ विकेट लिएका थिए।

जवाफी ब्याटिंगमा उत्रिएको वेष्टर्नले १८.४ ओभरमा सबै विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो। उसका लागि राहुल कुमारले ३३ तथा कमलसिंह ऐरीले २० रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन। बलिङमा म्यान अफ द म्याच समेत रहेका होराइजनका अनिल खरेलले ३ तथा कुशल मल्लले २ विकेट लिए।

म्यान अफ दि म्याच : अनिल खरेल

मंगलबार ज्ञानोदय क्रिकेट क्लब करहिया र देवदह क्रिकेट युनिट देवदह तथा न्यू होराइजन क्रिकेट क्लब बुटवल र साइ ग्लोबल क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघकाका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए । प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपबिजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै गरी म्यान अफ दि सिरिज ले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । जिल्लाका ‘ए’ डिभिजनका १२ टिम सहभागि रहेको प्रतियोगिता चैत ८ गतेसम्म चल्ने छ ।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]